Col. Ramesh Alley laid foundation stone for model school in mungpoo

Col. Ramesh Alley laid foundation stone for model school in mungpoo
Col. Ramesh Alley, Hon'ble Deputy Chief executive, Gorkhaland Territorial Administration (Programme's chief Guest) today laid foundation stone for Model School in Mungpoo Saraswati Higher Secondary School in the presence of Ratan Kumar Thapa, executive Sabhasad, Forest Dept and Roshan Giri, Executive Sabhasad, Education Dept. GTA (Special Guest) where Swaraj Thapa, Principal Advisor GTA, K.B Yogi O.S.D edu. Dept. GTA, Sudarshan Chhetri A/E Special Dept GTA, Bikram Rai Media Cell Officer GTA, Naresh Kumar Baraily, Manager Cinchona Plantation were also Present.


गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डिपुटी चिफ कर्णल रमेश आलेको बाहुलीबाट मङपूमा  मोडेल स्कूलको शिलान्याश गरिने कार्य भएको छ | यहाँको सबैभन्दा ठूलो अनि पुरानो सरस्वती उच्चतर माध्यमिक विधालयमा आज ब्राह्मण द्वारा पूजा अर्चना गर्दै विधिवत रुपमा कार्यक्रमको मुख्य अतिथि  कर्णल रमेश आले द्वारा क्षेत्रीय सभासद रतन कुमार थापा, बन बिभाग साथै सभासद रोशन गिरी, शिक्षा  बिभागको उपस्थितिमा सो शिलान्याश कार्यक्रम सम्पन्न भएको छ | दीर्घ दिनदेखि यस ठाउँमा मोडेल स्कूल बनाउने हल्ला चलेको थियो भने आज यही हल्लालाई कार्यरुपमा परिणत गर्ने उदेश्यमा जीटीएबाट बरिष्ठ व्यक्ति - व्यक्तित्वहरु निर्माण शिला गाड्न भेला भएका थिए | बिधालयका शिक्षिका सपना खड्का द्वारा संचालित कार्यक्रममा बिधालय संचालन समितिका सचिव दिलिप शर्माले स्वागत भाषण राखेपछि मुख्य कार्यक्रम शुरु भएको थियो | सम्भाषणको क्रममा कर्णल आलेले जीटीएमा शिक्षा बिभागलाई मुख्य प्राथमिकता दिएकोले नै जिटीए क्षेत्रमा अहिलेघरि विभिन्न कलेज अनि मोडेल स्कूलहरु निर्माण गरिरहेको बताएका छन् साथै यस क्षेत्रका बिधार्थीहरुलाई शिक्षा आर्जन गर्न कुनै असुविधा नहोस भन्ने हेतुले नै मोडेल विधालय निर्माण गरिने कुरो बताएका छन् | चार करोड रुपियाँको लागतमा बनिने यस मोडेल स्कूलको शिलान्याश कार्यक्रममा बोल्दै सभासद रोशन गिरीले पनि पहाडमा युनिभर्सिटी बनिने कुरो पहिले देखि नै चल्दै आएको छ जसको निम्ति स्थान पनि हेरिसकेको बताएका छन् भने केन्द्रले आफ्नो बजेट सत्रमा युनिभर्सिटी निर्माणको घोषणा गर्ने बताएका छन् र युनिभर्सिटी निर्माण हुन्छ भने मङपूमा नै निर्माण हुने कुरो पनि उपस्थित जनसमुह माझ खुलासा गरेका छन् | यसैक्रममा क्षेत्रीय सभासद रतन कुमार थापाले यस मोडेल स्कूल निर्माण हुनुमा जीटीए कार्यपाल बिमल गुरुङको दुरदर्शिताको प्रतिफल हो भन्दै सम्पूर्ण मङपूबासीको पक्षमा कार्यपाल प्रति कृतज्ञता जताएका छन् साथै बिधालय एउटा शिक्षा आर्जन गर्ने मन्दीर हो भन्दै यस मोडेल स्कूल निर्माण गर्दै एकदमै सही प्रकारले निर्माण गरिदिने अपिल पनि अभियन्ताहरुलाई गरेका छन् |

आजको शिलान्याश कार्यक्रममा प्रमुख अतिथि जीटीए डिपुटी चिफ कर्णल रमेश आले, विशिष्ठ अतिथि सभासद रोशन गिरी, सभासद शिक्षा बिभाग, बिधालय संचालन समिति अध्यक्ष तथा लाब्दा मङपू समष्टि सभासद रतन कुमार थापा, स्वराज थापा प्रमुख सलाहकार जीटीए, केबी योगी ओएसडी शिक्षा बिभाग जीटीए, सुदर्शन छेत्री सह अभियन्ता जीटीए, बिक्रम राई मिडिया सेल जीटीए, नरेश कुमार बराइली सिन्कोना व्यवस्थापक मङपू आदिको बिशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको अन्तमा बिधालय प्रधान अध्यापिका देविका तामांग द्वारा धन्यबाद ज्ञापन गरिएको थियो ||    

Col. Ramesh Alley, Hon'ble Deputy Chief executive, Gorkhaland Territorial Administration (Programme's chief Guest) today laid foundation stone for Model School in Mungpoo Saraswati Higher Secondary School in the presence of Ratan Kumar Thapa, executive Sabhasad, Forest Dept and Roshan Giri, Executive Sabhasad, Education Dept. GTA (Special Guest)

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.