Kasturi MSK new building inaugurated by VK Karn

The New school building of Kasturi MSK in Mungpoo which was constructed by NHPC Teesta Low Dam III, Power station under CSR & SD policy today inaugurated by its General Manager V.K Karn in presence of Sabhasad Ratan Kumar Thapa, Forest Dept.

 टिस्टा जलबिधुत परियोजना चरण तीनद्वारा २८ लाखको लागतमा निर्मित मङपु कस्तुरी एमएसके भवनको उद्घाटन समारोहका प्रमुख अतिथि एनएचपीसी चरण तीनका मुख्य अभियन्त प्रभारी भी.के कर्णको बाहुलीबाट गरियो | क्षेत्रीय सभासद रतन थापाको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा विधालयका शिक्षक हर्क राईले स्वागत सम्भाषण राखे | शिक्षक  दिलीप शर्माले संचालन गरेको समारोहमा प्रमुख अतिथि भी.के कर्णले शिक्षा बिना कुनै पनि कामकुरा गर्न सम्भाव छैन र यस विधालयमा अध्यनरत नानीहरुले उच्च अनि असल शिक्षा हासिल गर्न सकोस भन्दै आज एनएचपीसीले यस बिधालय भवनको  निर्माण गरिदिएको जनाए | आज यस बिध्यको मन्दिरको उद्घाटन गर्न पाउदा आफु एकदमै हर्सित रहेको बताउदै एनएचपीसी भारत सरकारलाई नाफा दिने (उध्यम) संस्था रहेको जनाउदै भारत सरकारको सीएसआर स्कीमद्वारा निर्धारित  गरिएको केहि नाफाबाट जनताको सेवा बिकाशको निम्ति गरिने जनाउदै यही सीएसआर  स्कीम मार्फत एनएचपीसीले विभिन्न क्षेत्रमा बिकाशमुलक कार्य गर्दै आएको छ र यही सीएसआर स्कीम मर्फात यस विधालय भवन निर्माण भएको जनाए | यस स्कुल भवनमा अझ थुप्रै कुराको कमि भएको आज यहाँ आएर थाहा पाए र यस अपूरा कार्यलाई पनि आगामी दिनमा एनएचपीसीले पुरा गर्ने जीएम कर्णले आश्वाशन दिए | कार्यक्रममा यसै विधालयबाट अध्यन गरि प.बंगाल लोक सेवा आयोग परीक्षामा उतीर्ण गरे वापत विधालयका भूपू छात्र भुपाल सिंगौरेलाई विधालयको पक्षमा मङपु सर्कल एसआई अनिरवान मित्रको बाहुलीबाट ढाका टोपी लगाईदिएर सम्मान जनाईयो | समारोहका बिशिष्ट अतिथि सिन्कोना बगान व्यवस्थापक एनके बराईलीले कस्तुरी एमएसकेलाई सबै मिलेर आदर्श स्कुल बनाउन सकौ भन्दै समाज,जाति र राष्ट्र उथानको  निम्ति यस्तै असल कार्य गर्दै जाऊ अनि यस विधालयलाई सिन्कोना व्यवस्थापनको पक्षबाट चाहिने सहयोग पूर्णरुपले दिने व्यवस्थापकले जनाए | कार्यक्रमको सभापति जीटीए बन विभागका कार्यकारिणी सभासद रतन थापाले  २९ फरवरी २०१६  मङपूको निम्ति एतिहासिक दिन रहेको जनाउदै जीटीएद्वारा आजकै दिन मङपुमा मोडल स्कुलको शिलान्यास हुन सकेको  अनि एनएचपीसीद्वारा निर्मित यस कस्तुरी एमएसके भवनको उद्घाटन पनि आज नै हुन सकेकोमा हर्ष व्यक्त गरे | सभासद थापाले यस विधालय जीर्ण अवस्थामा  रहदा पनि आफुले केहि राशी दिएर स्कुलको मर्मत गरि दिएको जनाउदै यस विधालय भवन निर्माण गरि दिए वापत एनएचपीसीलाई आभार व्यक्त गरे | अन्त्यमा विधालयका शिक्षक श्याम सिंगौरेले उपस्थित सबैलाई आभार व्यक्त गर्दै  कार्यक्रम अन्त गरे ||


NHPC general Manager V.K Karn inaugurating Kasturi MSK building

Newly Constructed Kasturi MSK building

The New school building of Kasturi MSK in Mungpoo which was constructed by NHPC Teesta Low Dam III, Power station under CSR & SD policy today inaugurated by its General Manager V.K Karn in presence of Sabhasad Ratan Kumar Thapa

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.