मङपू लाब्दा समष्टि गोजमुमोको अनुमोदन सभा

Gorkha Janmukti Morcha flag
मङपू - लाब्दा समष्टि गोर्खा जनमुक्ति मोर्चा ( Labdah Mungpoo Samasty Gorkha Janmukti Morcha) को सभा समष्टि सभापति उर्गेन शेर्पाको अध्यक्षतामा रोय बङलोमा समष्टि सभासद तथा सांगठानिक सचिव केन्द्रीय समिति रतन कुमार थापाको प्रमुख आतिथ्यमा गत २६ फरवरीको दिन सम्पन्न भएको छ | समष्टिको प्रथम अनुमोदन सभालाई समष्टि सचिव रतन लामाले संचालन गरेका थिए भने सभामा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सचिव किशन बुडाथोकी, समष्टि उपसभापति लिला बहादुर छेत्री, नारी मोर्चा मङपू जोन सचिवा सुर्यमणि राई, समष्टि सह - सचिव किरण थापा, कोषाध्यक्ष्य भूपाल मोक्तान अनि समष्टिका ५२ कार्यकारिणी सदश्य – सदश्या, चौदहवटा शाखा तथा विभिन्न भातृ संगठनका सदश्य - सदश्याहरुको बिशेष उपस्थिति रहेको थियो | सभामा समष्टि कसरी बलियो र सुचारुरुपले संचालन गर्न सकिन्छ भन्ने विषयमा सुझाउ पनि राखिदिने अपील गरिएको थियो भने उपस्थित सम्पूर्णले समष्टि समिति सही भएको अडान गर्दै अनुमोदन गरिएको थियो | सभामा लोहापुल सुन्तले शाखाका सभापतिको पुन: संगठनमा सेवा पुराई जाति र गाउँको बिकाश गर्ने प्रतिबद्दतालाई सभाले सभापतिको बिन्ती पत्रलाई स्वीकार गरियो साथै सचिवको इस्तिफा पत्रलाई पनि फिर्ता गरियो | सभामा रेशेप शाखाको सभापतिको पदबाट इस्तिफा लिएको अनि मङपू - लाब्दा समष्टि सभापति चयन भएपछि उक्तपदबाट इस्तिफा दिएको बताइएको छ सभापति उर्गेन शेर्पाले | उक्त पत्रहरु सचिव रतन लामाले पठन गरेका थिए | समष्टिको प्रथम अनुमोदन सभालाई सभासद थापाले पनि सम्बोधन गरेका थिए | थापाले समष्टि समितिलाई बधाई साथै संगठन तथा अध्यक्ष बिमल गुरुङको हात र काँध बलियो बनाई छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति नव गठित समष्टि समितिलाई धेरै धेरै असल कार्यहरुको निम्ति शुभकामना दिएका छन् | गोजमुमो एउटा निर्णायक मोडमा रहेको कारण नव निर्मित समष्टि समिति दह्रिलो भइ अघि बढ्ने जानकारी गराए | साथै सभामा तीन माइल क्षेत्रका शाखाबाट एकजना सह सचिवको प्रतिनिधिको नाम पठाउने आग्रह गरे | सभासद थापाले फरेष्ट बस्तिको तथा सिन्कोनाबासीको पर्जापट्टाको निम्ति जीटीए मार्फत हाइ लेबलमा बातचित भइरहेको पनि सबैलाई अव्गात गराए | सभामा समष्टि समितिको पुराना सदश्यगण विजय राई, एनबी प्रधान, दिपक भारती, बुद्ध कुमार थापा, मिरेन बोम्जन, प्रदिप छेत्री, ग्राउण्डटोल, मिरा दाहाल, सुर्यमणी राई, बिकाश गुरुङ, बिज्ञान मिश्र, पीबी सिंग्दनलाई अन्तर्भुक्त गरे भने अन्य अझ सदश्य - सदश्या वृद्धि गर्ने सभामा पारित गरियो साथै मङपू लाब्दा समष्टि प्रचार- प्रसार सचिवको भार बुद्ध कुमार थापालाई सुम्पिएको छ | सभालाई तीन माइल फरेष्ट बस्तिको प्रतिनिधि हिकमतराज शर्मा तथा सभापति उर्गेन शेर्पाले पनि सम्बोधन गरेका थिए भन्ने जानकारी एक प्रेस बिज्ञप्ति मार्फत प्रचार प्रसार सचिव बुद्ध कुमार थापाले जनाएका छन् ||

मङपू - लाब्दा समष्टि गोर्खा जनमुक्ति मोर्चा ( Labdah Mungpoo Samasty Gorkha Janmukti Morcha) को सभा समष्टि सभापति उर्गेन शेर्पाको अध्यक्षतामा रोय बङलोमा समष्टि सभासद तथा सांगठानिक सचिव केन्द्रीय समिति रतन कुमार थापाको प्रमुख आतिथ्यमा गत २६ फरवरीको दिन सम्पन्न भएको छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.