मङपु सेन्ट जोसेप स्कुलले चाडै नै जमीनको पर्जा पर्जापट्टा पाउने

St. Joseph's School Mungpoo
मङपु विभागमा २००६ सालमा स्थापित भएको मङपु सेन्टजोसेप स्कुल (St. Joseph's School Mungpoo) ले जमीनको पर्जापट्टा नभएको कारण थुप्रै समस्याहरु झेल्दै आईरहेको थियो भने अब चाडै नै स्कुलले सरकारी जमीनको पर्जापट्टा पाउने छाट देखा परेको छ | जीटीए मङपु लाब्दा समष्टिका सभासद रतन थापाको नेतृत्वमा आज बिधालय भवनमा अभिभावक अनि स्कुलका फादर अनि शिक्षक शिक्षिकालाई लिएर एक महत्वपूर्ण सभा सम्पन्न भयो | सभालाई सम्बोधन गर्दै सभासद रतन थापाले ल्याण्ड एण्ड ल्याण्ड रिफर्म विभागबाट यस सेन्ट जोसेप विधालयलाई  १० एकर ७ डेसिमल जमीन अनि खातिवन नम्बर प्राप्त भईसकेको र अब मङपु सिन्कोना बगान संगै यस विधालयलाई पनि सरकारबाट चाडै नै जमीनको पर्जापट्टा प्राप्त हुने कुरो अभिभावगणलाई जनाए | मङपुको शैक्षिक अवस्थाको बिषयलाई मध्यनजर  राख्दै जनताको प्रतिनिधिको हैसियतमा आज यस विधालयको सहयोगको निम्ति आफु सदैव अघि आएको र बिधालय बन्द हुने संघारमा आईपुग्दा २०१२ सालमा फादर किन्लेलाई आफुले बिन्तीभाव गर्दा आज सम्म  यस स्कुल चल्न सक्षम बनेको कुरो बताए |  सभासद थापाले  आफु स्वयम् ल्याण्ड एण्ड ल्याण्ड रिफर्म कार्यलयमा गएर स्कुल जमीन बिषयमा ज्ञापन चड़ाएको कारण  आज आएर ल्याण्ड एण्ड ल्याण्ड रिफर्म विभागबाट बिधालयलाई यसरी जमीनको खातिवन नम्बर सम्म प्राप्त भईसकेको र अब यस बिधालयलाई चाड़ै नै सरकारी तौरमा जमीनको पर्जापट्टा दिलाउन आफु सम्बन्धीत विभागको  माथिलो तहसम्म गएर अधिकारीवर्ग बातचित गरि पूर्णरुपले कागज पत्र दिलाएर छाड्ने बचन दिए र यसको निम्ति सबै अभिभावकगणको अघि आईदिने अपील गरे | उनले यस सेन्टजोसेप विधालय मङपुको एसर्ट रहेको हुनाले यसविधालयलाई जसरी भए पनि अघि बडाएर लैजान आफु सदैव तत्पर रहेको र यो एक शैक्षिक संस्थान रहेको हुनाले यसमा आफुले कुनैपनि राजनीतिकरण नगरीगण उच्च विचार लिएर मङपुबासीको शैक्षिक उन्नतीको निम्ति कार्य गरेको थापाले जनाए |  सभामा  अभिभावकगणको पक्षमा दयानन्द राईले २००६ साल बिधालय स्थापीत भए देखि यता बिधालयले झेल्दै आईरहेको बिषयबस्तुलाई अघि राख्दै आज आएर क्षेत्रीय सभासद रतन थापा अनि स्थानीय ग्रामबासीको पहलमा आफु स्वयम् विभिन्न सम्बन्धीत कार्यलयमा पुगेर आज यस विधालयले धेरै जसो कागजपत्र अनि म्याप पाउन सकेको र यस बिधालय मङपुको एक एसर्ट रहेको हुनाले यसलाई सुचारुपले संचालन गर्न र जमीनको पर्जापट्टा दिलाउने क्रममा आफु सधाझैँ लागिपर्ने  जनाए | सभामा अभिभावकवर्गको पक्षमा लिलाबहादुर छेत्री,केशर मोक्तान, अजय राई आदिले पनि बिधालय सुचारुपले संचालन हुनु पर्छ भन्ने बिषयमा दुई कुरा राखे | अन्त्यमा बिधालयका फादर पटेलले बिधालयले थुप्रै समस्या  झेल्दै आएता पनि यस बर्ष २०१६ देखि तेस्रो श्रेणी देखि नवौ श्रेणी चलाउन विधालय सक्षम बनेको छ भन्दै बिधालयलाई सुचारुपले चलाउन एउटा बलियो स्कुलको आवश्यक रहेको हुनाले सरकारबाट चाड़ो भन्दा चाड़ो जमीनको पर्जापट्टा पाए स्कुलपक्षले  विधालयको अघिबाट नै ब्लुप्रिन्ट तयारी गरिसको र सरकारबाट कागज प्राप्त गर्न साथ् बिधालय भवन निर्मार्ण शुरु गरिहाल्ने कुरो जनाए फादरले जनाए | अन्त्यमा आजको सभामा   उपस्थिति दिएकोमा  फादरले सबै सबैलाई आभार व्यक्त गरे |

मङपु विभागमा २००६ सालमा स्थापित भएको मङपु सेन्टजोसेप स्कुल (St. Joseph's School Mungpoo) ले जमीनको पर्जापट्टा नभएको कारण थुप्रै समस्याहरु झेल्दै आईरहेको थियो भने अब चाडै नै स्कुलले सरकारी जमीनको पर्जापट्टा पाउने छाट देखा परेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.