पूर्व पार्षद केबी गुरुङ अनि टीएमसी युनियन सचिव मिरेन लामा दलबल सहित मोर्चामा सामेल

Councillor KB gurng Miren Lama joins morcha
मङपूमा टीएमसी पार्टी अनि गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पार्टीमा ठूलो भूकम्प आउने हल्ला आज आएर अन्तिम रुप लिएको छ | टीएमसी पार्टी मङपूका बरिष्ठ नेता तथा युनियन सचिव मिरेन लामा अनि सिटोङ लाठपन्चर समष्टि गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पुर्व पार्षद केबी गुरुङले आज आफ्नो दल बल सहित गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको बाहुलीबाट झण्डा ग्रहण गर्दै मोर्चामा सामेल भएको छ |
मङपू जन मैदानमा १९ मार्चको दिने हुने लेप्चाहरुको ल्याङ रमफात एवम कल्चरल मिट कार्यक्रममा भाग लिन आएका मोर्चा अध्यक्ष बिमल बिमल गुरुङलाई आज मङपूमा भब्य स्वागत गरिएको थियो भने गुरुङले यहाँको रेशेप बजारमा अवस्थित त्रिशंकेश्वर मन्दिरमा आयोजित नौ दिने भागवत महापुराणको समापन कार्यक्रममा पनि केहि समय दिएपछि सोझै रङबी बिभागको स्मृति सार्वजनिक भवनमा आयोजित समर्थन कार्यक्रममा भाग लिन पुगेका थिए | मङपू लाब्दा समष्टि मोर्चा सभापति उर्गेन शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सचिव रतन लामाले संचालन गरेका थिए भने क्षेत्रीय सभासद रतन कुमार थापाले स्वागत भाषण राखेका थिए | यही कार्यक्रममा पुर्व पार्षद केबी गुरुङ अनि टीएमसी पार्टी युनियन सचिव मिरेन लामाले आफ्नो दल बल सहित अध्यक्ष गुरुङको बाहुलीबाट झण्डा ग्रहण गरेका थिए | आज मोर्चामा सामेल हुन आएका सम्पूर्ण समर्थकहरुलाई गुरुङले स्वागत जनाउंदै हामी सबै एउटै सन्तान हौँ, एउटै परिवार हौँ  र कतिले परिस्थितवश आफ्नो घर बिर्सेर भडकेर हिडेका थिए जो आज आफ्नो घर सम्झेर फर्की आएको छ उनीहरुलाई हामी सहृदयी स्वागत गर्नुपर्छ भन्दै मङपू जस्तो शिक्षा, साहित्य, कला आदि क्षेत्रहरुमा दक्ष व्यक्तिहरु बस्ने जगामा झगडा गरेर होइन मिलेर नै हरेक काम कुरा गर्नु पर्छ भनी बताएका छन् | आफ्नो सम्बोधनको क्रममा उनले आफू एकैक्षण बाँच्ने तर जातिको निम्ति इमान्दार भएर बस्ने बताउंदै अब मङपूमा पनि सबै नेतृत्वहरु इमान्दार भएर आफ्नो जातिको निम्ति काम गर्ने आह्वान गरेका छन् | यही क्रममा उनले फेरि मङपूमा विश्वविधालय निर्माण गर्ने कुरा उठान गर्दै यसको निम्ति डीपीआर बुझाइसकेको र केन्द्रले पनि ग्रीन सिग्नल दिइसकेको छ तर बिचमा केही राजनैतिक उतार चडाउले गर्दा कार्यरूपमा आउन केही बिलम्ब भएको मात्र हो भन्दै मङपूमा नै केन्द्रीय विश्वविधालय निर्माण हुने कुरामा बिस्वास दिलाएका छन् |

आज मोर्चामा सामेल हुन आएका पुर्व पार्षद केबी गुरुङले यत्रो वर्ष राजनीति छोडेर किन फेरि आज मोर्चामा सामेल हुन आएको भनि पत्रकारहरु द्वारा सोधिएको प्रशनमा यसो भने कि हामी ८६ को आन्दोलन पनि छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति लडेका थियौ र गोरामुमोमा सुबास घिसिंगको मृत्युपछि कोही पनि भने जस्तो नेतृत्व नरहेको हुँदा हामी दिशाहिन जस्तै भयौं र पहाडमा इमान्दारीसाथ गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्ने गोजामुमो बाहेक अहिलेसम्म कुनै पार्टी नजन्मेको बताउंदै ८६ मा गोर्खाल्याण्डको निम्ति आन्दोलन गर्ने हामी आज गोजमुमोमा सामेल हुन आउँदा दुईमत हुन नसक्ने कुरा बताएका छन् | यसको साथै मोर्चा राष्ट्रीय पार्टीसित घटक दल भएर बसेको पार्टी हो भन्दै गोरामुमोका अन्य समर्थकहरुलाई पनि समयमा नै बुझेर ठुलै रुखको छाहरी लिने आह्वान गरेका छन् | यसरी नै टीएमसी पार्टी युनियनका सचिव मिरेन लामाले पनि जातिको निम्ति केही हुन्छ कि भनेर टीएमसी पार्टीमा सामेल भयौं तर त्यसमा हाम्रै गोर्खा जातिलाई टुक्राउने षड्यन्त्र मात्र हुँदो रहेछ, हामी गोर्खा जातिलाई उन्नति गर्न नदिने कुटनीति चल्दोरैछ र हामीले पराइ घरबाट आफ्नो घरलाई हेर्यौं चिमले बारेको घर भए पनि आफ्नै घर, परिवार राम्रो हुँदो रैछ भनि बताएका छन् | यसरी नै उनले मोर्चाको स्थापनाकालदेखि नै आफुले गिद्ध नजर राखेर हेरेको र त्यसताक देखि अहिलेसम्म अनेकौं अड्चनहरु झेल्दै पनि मोर्चा अध्यक्ष बिमल गुरुङ गोर्खाल्याण्डको माग देखि बिमुख नभएकोले उनकै इमान्दारितालाई हेरेर आफु दल बल सहित मोर्चामा सामेल भएको बताएका छन् | यसको साथै यदि गोर्खा जातिको उन्मुक्ति र गोर्खाल्याण्ड प्राप्त हुन्छ भने केवल बिमल गुरुङकै नेतृत्वले मात्र हुने ठोकुवा गर्दै आफुहरुले समय मै बुझेर आएको र अन्य छोडिएको टीएमसी समर्थकहरु पनि चाडै आफ्नै घर फर्की आउने आह्वान गरेका छन् | उनको भनाइ अनुसार रङबी बिभाग, रेशेप र लाब्दा विभागबाट सय प्रतिशत अनि मङपू विभागबाट तीस प्रतिशत टीएमसी समर्थक आज मोर्चामा सामेल भएको जानकारी छ | अन्तमा लाब्दा  मङपू समष्टि गोजमुमोको पक्षबाट सभासद थापा अनि सभापति उर्गेन शेर्पाले मोर्चामा सामेल हुन आउने सम्पूर्णलाई स्वागत गर्दै हामी सबै मिलेर जाति उन्मुक्तिको निम्ति एउटै लडाई लड्नुपर्छ भनि बताएका छन् |
आज अध्यक्ष संगै सभासद अनित थापा पीएचइ डिपार्टमेन्ट, तक्दाह टिस्टाभेली समष्टि सभासद नर्बुजी लामा, बिक्रम राई जीटीए मिडिया सेल अनि मोर्चाका अन्य शिर्षस्थ नेतृत्वहरु उपस्थित रहेका थिए भने मङपूमै  बास बसेको अध्यक्ष गुरुङ भोलि मङपू जनमैदानमा हुने लेप्चाहरुको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग  लिने छ ||

मङपूमा टीएमसी पार्टी अनि गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पार्टीमा ठूलो भूकम्प आउने हल्ला आज आएर अन्तिम रुप लिएको छ | टीएमसी पार्टी मङपूका बरिष्ठ नेता तथा युनियन सचिव मिरेन लामा अनि सिटोङ लाठपन्चर समष्टि गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पुर्व पार्षद केबी गुरुङले आज आफ्नो दल बल सहित गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको बाहुलीबाट झण्डा ग्रहण गर्दै मोर्चामा सामेल भएको छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.