मङपूमा गोजमुमो चुनाव कार्यलयको उद्घाटन, बिमल गुरुङको स्वागतमा तयारी युद्ध स्तरमा

Bimal Gurung
आगमी विधान सभा चुनावको निम्ति गोर्खा जनमुक्ति मोर्चा मङपू लाब्दा समष्टिमा आज चुनाव कार्यलयको उद्घाटन गरिएको छ | समष्टिका गोजमुमो सभापति उर्गेन शेर्पा अनि सचिव रतन लामाको अगुवाईमा लामा द्वारा विधिवत पुजा पाठ गर्दै उद्घाटन गरिएको कार्यक्रमलाई चुनावको मूल संयोजक प्रदीप छेत्री अनि सह संयोजक बुद्ध कुमार थापाले संचालन गरेका थिए | उद्घाटन कार्यक्रममा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन सचिव गगन राई, मङपू जोन युनियन सभापति सुरेन राई, प्रदीप छेत्री, सचिव किशन बुडाथोकी, नारी मोर्चा सचिवा सुर्यमणी राई, केबी गिरी, दयानन्द राई, लिला बहादुर छेत्री, पदमलाल गुरुङ, बिकाश गुरुङ, बिज्ञान मिश्र आदि बिशेष रुपमा उपस्थित थिए | आज  औपचारिक रुपमा उद्घाटन गरिएको चुनाव कार्यलय अचनाक उद्घाटन गर्न परेको भएपनि गोजमुमो मङपू लाब्दा समष्टिको यो  चुनाव कार्यलय दुई महिना सम्म चल्ने हुनाले कार्यलयको आवश्यकीय सर - समानहरु चाडै प्रबन्ध गर्ने सल्लाह सभासद रतन कुमार थापाले संयोजक मण्डलीलाई बताएका छन् | यसको साथै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यपाल तथा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ १८ मार्चमा मङपू आएर १९ मार्चमा कार्यक्रम गर्ने हुनाले उनको स्वागतको निम्ति तयारी पनि युद्ध स्तरमा चलिरहेको छ भने गोजमुमो प्रेमी साथै गोर्खाल्याण्डपन्थी सम्पूर्णमा संगठनले ती दिनको कार्यक्रमहरुमा उपस्थित भइदिने पनि हार्दिक स्वागत तथा निमन्त्रना गरेको छ ||

आगमी विधान सभा चुनावको निम्ति गोर्खा जनमुक्ति मोर्चा मङपू लाब्दा समष्टिमा आज चुनाव कार्यलयको उद्घाटन गरिएको छ |

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.