सर्व भारतीय गुरुङ तमु संगठन घलेटार - थाम शाखा गठन

Gurung Traditional Dress
सर्व भारतीय गुरुङ तमु संगठनले आफ्नो जातीय उन्नति अनि मुद्दालाई दह्रिलो बनाउंदै अघि बढाउनलाई आफ्नो संगठन बिस्तार गर्ने क्रममा घलेटार स्थित कम्युनिटि हलमा एउटा आवश्यक सभा आयोजन गर्दै संगठनको घलेटार अनि थाम शाखा गठन गरेको छ | सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई कन्चन गुरुङले संचालन गरेको थियो जसमा सर्व भारतीय गुरुङ तमु संगठन केन्द्रीय समितिका महासचिव एवम ११ वटा जनजाति जात गोष्ठी अध्यक्ष कन्चन गुरुङ, संगठनको मिरिक महकुमा समिति सभापति डंकन गुरुङ, दार्जीलिंग महकुमा समिति सभापति पुकार गुरुङ आदि बिशेष रुपले उपस्थित थिए | सभाले घलेटार शाखा अनि थाम शाखा गठन गरेको छ जसमा सभापति जीत बहादुर गुरुङ, उप सभापति मदन गुरुङ, सचिव चन्दन गुरुङ, सह सचिव कारण गुरुङ, कोषाध्यक्ष हेमन्त गुरुङ लगायत अन्य नौ जनालाई कार्यकारिणी सदश्यको रुपमा चयन गरिएको छ भने थाम शाखामा सभापति किरण गुरुङ, उप सभापति डम्बर गुरुङ, सचिव दिवस गुरुङ, सह सचिव किशन गुरुङ, कोषाध्यक्ष कविता गुरुङ लगायत अन्य ९ जनालाई कार्यकारिणी सदश्यको रुपमा चयन गरिएको छ |

सभालाई सम्बोधन गर्दै केन्द्रीय समिति महासचिव एवम ११ वटा जात गोष्ठीका अध्यक्ष कन्चन गुरुङले संगठन द्वारा अहिले सम्म गरिएको कार्यहरुको वृस्तित जानकारी दिएका थिए | उनले बताए अनुसार  अब एक सिंगो जातले मात्र जानजातिको मान्यता नपाएर पहाडको ११ वटा जातहरुले चाडैं जनजाति को दर्जा पाउने जानकारी छ | सभालाई महासंघले अहिलेसम्म गरेको राज्य अनि केन्द्रीय स्तरको कार्यहरुको  डकुमेन्टहरु पनि सार्वजनिक गर्दै सम्पूर्ण जात गोष्ठीका प्रतिनिधिहरुलाई वहाँहरुको सहयोगको निम्ति धन्यबाद ज्ञापन पनि गरेका छन् | संगठनलाई  भारतको प्रधानमन्त्री अनि गृहमन्त्री द्वारा आएका पत्रहरु पनि सार्वजनिक गर्दै चाडैं जनजातिको मुद्दा छिनाफाना हुने उनले अझ बतएका छन्  साथै नव  गठित समितिको सम्पूर्ण सदश्य - सदश्याहरुलाई शुभकामना व्यक्त गरे |

सभामा भूतपूर्व पार्षद मङपू लाठपन्चर समष्टि केबी गुरुङ पनि उपस्थिति थिए भने उनले पनि सम्पूर्ण गुरुङ जाति एक भएर जनजातिको मुद्दा सफल गराउनु पर्ने मन्तब्य राखेका थिए | यही सभामा मङपू बुद्धिष्ट संगठनका सदश्य बरुण गुरुङले आ - आफ्नो धर्मलाई आफ्नो ठाउँमा राखेर आफ्नो जातीय मुद्दाको निम्ति सम्पूर्ण गुरुङ एक भइ अघि बढ्ने आह्वान गर्दै आजसम्म बुद्धिष्ट संगठनले सही रुपमा काम नगरेर धर्मलाई अघि बढाई आफ्नै गुरुङ जाति भित्र पनि बिभाजन गराउने नीति अपनाएकोले गर्दा नै आफु सर्व भारतीय गुरुङ तमु संगठनमा सामेल भएको घोषणा गरेका छन् |

सभामा संगठनको मिरिक महकुमा समितिका सभापति पुकार गुरुङ, मङपू जोनका सचिव बिकाश गुरुङ आदिले पनि सम्बोधन गर्दै सान्दर्भिक वक्तब्यहरु राखेका थिए | सभामा सर्व सम्मति द्वारा सर्व भारतीय गुरुङ तमु संगठन मङपू जोन सचिव बिकाश गुरुङलाई मङपू - लाब्दा - सिटोङ - लाठपन्चरका संयोजक चयन गरिएको छ साथै सहयोगीहरुमा गजेन्द्र गुरुङ बिचकमान, कुन्दन गुरुङ मङपू, बिलाश गुरुङ मङपूलाई चयन गरियो भने केन्द्रीय समिति महासचिव कन्चन गुरुङ द्वारा बिकाश गुरुङलाई लिखितरुपमा संयोजकको पदपत्र पनि हस्तान्तरण गरिएको छ  ||

सर्व भारतीय गुरुङ तमु संगठनले आफ्नो जातीय उन्नति अनि मुद्दालाई दह्रिलो बनाउंदै अघि बढाउनलाई आफ्नो संगठन बिस्तार गर्ने क्रममा घलेटार स्थित कम्युनिटि हलमा एउटा आवश्यक सभा आयोजन गर्दै संगठनको घलेटार अनि थाम शाखा गठन गरेको छ |

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.