मङ्पु साहित्यिक संस्थानको पत्रिका "निषाद" को विमोचन

Nishad by Mungpoo Sahityik sansthan
Nishad - Annual Magazine by Mungpoo Sahityik Sansthan released:  १३ मार्च २०१६:  मङ्पु साहित्य संस्थानको रजत जयन्ती समारोह स्थानीय अर्किट नर्सरी छेउ स्मृति भवन रङ्वी विभाग मङ्पुमा संस्थानकै अध्यक्ष ए.के. गुरुङको सभापतित्वमा सम्पन्न गरियो I यस सभामा २०१५ मा ‘समय प्रतिबिम्बहरुको को अकादमी पुरस्कारले अलंकृत कथाकार गुप्त प्रधान अनि त्यही साल साहित्य सम्मेलन दार्जीलिङद्वारा कविता ‘मूलधारातिर’ को निम्ति प्रेम शेर्पा ‘बिरोकी’ स्मृति पुरस्कारले अलंकृत युवा कवि शरण गुरुङलाई सम्वर्द्धना गरियो I आजकै दिनमा मङ्पु साहित्य संस्थानको वार्षिक साहित्यिक पत्रिका ‘निषाद’ को विमोचन गरियो I कवि/कवियत्रीहरु क्रमश: सुरेन्द्र थीङ, सुभद्र बम्जन, कृष्ण प्रधान, कर्ण विरह, संजीव छेत्री, सानु भट्टराई, सरोजा राई, कृति थापा, बुनु शर्मा, प्रेम शर्मा ‘एकान्तप्रेमी’, मनोज बोगटी, व्यंग्यकार कृष्ण प्रधान अनि सम्बर्द्धित व्यक्ति शरण मुस्कानले कविताहरु सुनाए I कवितामय वातावरण ‘निषाद’ पत्रिकाका आवरणकर्ता ग्राफिक डिजाइनर विलास राईको परिवारमा उनको असामायिक निधनको निम्ति सम्बेदना-पत्र पठन एवं उनको कलाकारिता सम्बन्धमा मुल्यांकन गर्दै उनको आमा श्रीमती आरती राईलाई उक्त पत्र हस्तान्तरण गरियो I उत्तर पूर्वी भारतलाई प्रतिनिधित्व गर्दै दिल्ली अकादमीको एक साहित्यिक कार्यक्रम मङ्पुमा हुनुपर्ने सम्बन्धमा नेपाली भाषा परामर्श समिति, साहित्य अकादमी दिल्लीका संयोजक आजका विशिष्ट अतिथि प्रेम प्रधानज्युलाई एउटा पत्राचार अग्रसर गरियो I यो कार्य गर्दा विभिन्न विषयमा सहयोग दिने  पनि आजका प्रमुख अथिति सरकारी सिन्कोना बगानका व्यवस्थापक नरेश कुमार बराइलीले वचन दिए I सिन्कोना मुख्यालयका व्यवस्थापक विदुर छेत्रीले साथै राजनैतिक, सामाजिक क्षेत्रमा व्यक्तित्वहरु उपस्थिति रहेको कार्यक्रमलाई सधन्यवादसित सभापतिद्वारा सभा समापन गरे I  
 

Nishad - Annual Magazine by Mungpoo Sahityik Sansthan released: १३ मार्च २०१६: मङ्पु साहित्य संस्थानको रजत जयन्ती समारोह स्थानीय अर्किट नर्सरी छेउ स्मृति भवन रङ्वी विभाग मङ्पुमा संस्थानकै अध्यक्ष ए.के. गुरुङको सभापतित्वमा सम्पन्न गरियो I

Read latest post filed under books, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.