दुर्घटना पर्खेर बसेको हाइटेन्शन पोस्ट

11KV broken electric pole
हरेक सालनै बर्खायाममा मङपूको बिजुली बत्तीमा अत्याधिक अनियमितता हुन्छ | यसैले अनियमित बिधुतको समस्याले वाक्कै भएको मङपू क्षेत्रमा "मङपूको बिजुलीको तारलाई पानीले भेट्यो कि ओसिन्छ " भन्ने प्रचलित जोक्स पनि छ | यसरी बर्खाको समय बिजुली सर्वाहमा अनियमितता आउनु प्राय: जसो प्राकृतिक कारणले गर्दा नै भएपनि कहीं कतै बिजुली बिभाग कै लापरवाही अनि उदाशिनताले पनि भएको पाइन्छ | सन्दर्भमा यहाँको नालीडांडा देखि लाब्दा जाने बाटो पैरेनी गोलाईको ठीक मुनितिर एउटा एघाह्र हजार भोल्ट हाइटेन्शन बोकेको फलामको पोस्ट फेदैमा भाँचिएर एक वर्ष भन्दा अधिक समय देखि ढल्किएको अवस्थामा छ | यी दूई क्षेत्रहरुको मुख्य बजार मङपू बजारदेखि लाब्दा विभाग, जोगिघाट हुँदै सिटोंग जाने यो एक मात्र बाटो हो र यसको किनारमा दुर्घटनाको प्रतिक्षा साँचेर बसेको यो पोस्टले कुनै पनि समय अप्रिय घटना घट्दैन भन्न मिल्दैन | सिटोंग देखि लिएर जोगिघाट अनि लाब्दा विभागबासीको निम्ति यो मूल सडक हो जुन सडक भएर दैनिक रुपमा धेरै मानिस, विधार्थीहरु लगायत वहानहरु बजार, बिधालय अनि आफ्नो कर्म स्थलतिर जाने गर्छ | यति मात्र नभएर लाब्दा विभागको यो यस्तो क्षेत्र हो जहाँ अत्याधिक मात्रामा बैधुतिक गडबडी हुने गर्छ, यही क्षेत्रमा प्राय: जसो इलेक्ट्रिक ट्रान्सफर्मर पड्किने गर्छ, हाइटेन्शन तारमा रुखका हाँगाहरुले लागेर पड्किने गर्छ, आगो बल्ने गर्छ | यही बाटो भएर बिधुत विभागको गाडी यतिका वर्षमा कतिपल्ट ओहोर -  दोहोर गरे होलान् त्यो सोंचेर साध्ये  छैन तैपनि यो बाटो भएर हिड्ने जो कसैलाई पनि यो दुर्घटना पर्खेको पोस्ट आँखाबाट लुक्नै सक्दैन भने विधुत विभागले किन यसलाई नजरअन्दाज गर्दैछ ? यो आश्चर्यको विषय छ | अब त्यसै पनि बर्खे झरी अनि हुरी बतास चल्ने सिजनमा यसलाई बदली नगरे कुनै अप्रिय दुर्घटना हुन सक्ने अवस्थामा छ भने त्यो दुर्घटनालाई सरासर बिजुली बिभागको भूल हो भन्न सकिन्छ र बिजुली बिभागले नै दुर्घटनाको सम्पूर्ण जायजा लिन पर्ने हुन्छ | यसैले यो वर्षको बर्खायाममा नियमित अनि दुर्घटनारहित बिजुली सर्वाह गराउनु हो भने बिजुली बिभागले झट्टै यो पोस्टलाई बदली गर्नु पर्ने आवश्यकता देखिएको छ ||  

हरेक सालनै बर्खायाममा मङपूको बिजुली बत्तीमा अत्याधिक अनियमितता हुन्छ | यसैले अनियमित बिधुतको समस्याले वाक्कै भएको मङपू क्षेत्रमा "मङपूको बिजुलीको तारलाई पानीले भेट्यो कि ओसिन्छ " भन्ने प्रचलित जोक्स पनि छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.