लाब्दा मङपू समष्टिमा टीएमसीको चुनावी सभा सम्पन्न

NB Khawas General Secretery Hill Trinamool Congress
पश्चिम बङ्गाल बिधान सभाको निम्ति आफ्नो पार्टी उम्मेदवारको निम्ति समर्थन बटुल्दै आज टीएमसी  लाब्दा मङपू समष्टिले यहाँको बस स्ट्याण्डमा चुनाव प्रचार सभा सम्पन्न गरेको छ | त्रिनामूल कांग्रेस लाब्दा मङपू समष्टिका सभापति केएस छेत्रीको सभापतित्वमा सम्पन्न सभालाई समष्टिकै सह सचिव अर्पणदीप थापाले संचालन गरेका थिए | सभामा राजेन मुखिया सभापति दार्जीलिंग हील त्रिनामुल कांग्रेस, एनबी खवास महासचिव हील त्रिनामुल कांग्रेस, रेजिना गुरुङ दार्जीलिंग हिल त्रिनामुल महिला कांग्रेस, किरण ब्लोन सभापति सिन्कोना प्लान्टेशन मजदुर युनियन, केन्द्रीय समिति,  पवन बल महासचिव आरआर ब्लक कमिटि आदि बिशेष रुपले उपस्थित थिए | कार्यक्रमलाई सम्बोधन गर्दै हील त्रिनामुल कांग्रेस महासचिव एनबी खवासले पहाडमा ढाँटको राजनीति बढेको छ, दार्जीलिंग अब दार्जीलिंग रहेको छैन, यसैले यो कालो शासनलाई हटाएर शुशासन ल्याएर दार्जीलिंगलाई पुन: निर्माण गर्नुपर्ने हुनाले यो चुनावलाई चुनाव मात्र नसम्झेर चुनौती सम्झिन्दै अब पहाडमा परिवर्तनको राजनीति गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् | उनले विगत सप्ताह देशको प्रधानमन्त्री नरेन्द्र मोदीले पहाडमा शिक्षा अनि स्वास्थ्य व्यवस्था ठीक नभएको बताएका थिए त्यो कुरा हामीलाई भनेको होइन, त्यो कुनै पार्टीलाई नभनेर जीटीए प्रमुख बिमल गुरुङलाई भनेको थियो | बिमल गुरुङलाई लाज लाग्नु पर्नेथ्यो तर उनी मुसुमुसु हाँसेका थिए भन्दै यो सबै व्यवस्था जीटीएले मिलाउनु पर्नेथ्यो तर मिलाएको छैन, पहाडमा अहिले यिनीहरुको बर्मा लुटाई भइरहेको बताउंदै अब हामीले यसलाई हटाउनलाई परिवर्तनको राजनीति गर्नुपर्ने बताएका छन् |  बिमल गुरुङले २०१४ सालमा नै कालेबुंगबाट जीटीएको अस्थायी कर्मचारीहरुलाई भोलिदेखि तिमीहरु सबै स्थायी कर्मचारी हुनेछौ भनेर घोषणा गरेका थिए खोइ त अहिले सम्म स्थायी भएको ? फेरि उल्टा ती ६ हजार अस्थायी कर्मचारीहरुलाई स्थायी बनाइदिन्छु भन्दै प्रत्येकबाट २० हजारको दरले पैसा उठाएर जम्मा १२ करोड रुपियाँ खाएको आरोप लगाएको छ |  तर  मुख्यमन्त्री ममता ब्यनार्जीले ती अस्थायी कर्मचारीहरुले कुनै आन्दोलन नगरि नै वेतन दोबर बनाइदिएको छ भनी बताएको छ | जीटीएमा हरेक बिभागमा नै कमिशन खाँदै गरीब दुखी निमुखाहरुलाई मारेर ठुलो ठालाहरुले पैसाको धन्दा बढाएर गएको छ भन्दै अब यस्तो अँधेरो कुशासनलाई हटाउने परिवर्तनको अभियानमा यो चुनावमा सबै एक भएर टीएमसी प्रार्थीलाई जिताउने सबैलाई अपिल गरेको छ | यसरी नै अर्का बक्ता दार्जीलिंग हील त्रिनामुल कांग्रेस सभापति राजेन मुखियाले आफ्नो बक्तव्यमा २००७ सालमा बन्दकी राखेको आमालाई उकास्छु भन्दै निकालेको बिमल गुरुङको पार्टीले बन्दकी आमालाई उकास्नु त हैन बरु आफ्नै बाउ समानको सुबास घिसिंग अनि पार्षदहरुलाई खेदाउने काम मात्र गरेको बताएका छन् | नेताहरु चैँ दामी गाडीमा कुदेर केवल साधारण जनतालाई मात्र नाना थरीको धर्ना, अनशनहरु बस्नु लगाएर पिरोलेको उनले बताए | बिमलले गोर्खाल्याण्डको ल्याउँछु भन्दै धेरै पल्ट झुटो कसम खाएर गोर्खाल्याण्ड भएन भने घरि गोलि ठोक्छु, घरि घरै पस्दिना भन्दै ढाँटको राजनीति गरेको छ भन्दै जीटीए थापेपछि कमसेकम हाम्रो बेरोजगार युवा युवतीहरुको निम्ति रोजगार मिलाइदिनु सक्नुपर्ने थियो तर त्यो धरी गर्नु नसकेको बताएका छन् | उनले अझ बताए कि विधायक भएका रोहित शर्माले साँढे चार वर्षमा पनि मङपू केही बिकाश नगरेको बताउंदै यस्तो उम्मेदवारलाई फेरि पनि जिताएर के आशा गर्नु भन्दै अब यहाँ परिवर्तन ल्याउनुको निम्ति टीएमसी उम्मेदवार शान्ता छेत्रीलाई जिताउनु आवश्यक रहेको बताएका छन् | आजको सभालाई किरण ब्लोन, पवन बल अनि अन्य टीएमसी नेतृत्वहरुले पनि सम्बोधन गर्दै टीएमसी उम्मेदवारको निम्ति भारी मतले मतदान गरेर पहाडको राजनीतिमा परिवर्तन ल्याउँदै बिकाशको मूल फुटाउने आह्वान गरेका छन् ||

पश्चिम बङ्गाल बिधान सभाको निम्ति आफ्नो पार्टी उम्मेदवारको निम्ति समर्थन बटुल्दै आज टीएमसी लाब्दा मङपू समष्टिले यहाँको बस स्ट्याण्डमा चुनाव प्रचार सभा सम्पन्न गरेको छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.