गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष तथा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यपाल बिमल गुरुङले पहाडको गोर्खा जातिहरुको सुरक्षा अनि सहुलियतको निम्ति केही वर्ष अघिदेखि जनजातिको दर्जा दिलाउन चालिएको कदमले बिधान सभा चुनावकै मुखमा झनै उग्र रुप लिएको छ | पहाडका विभिन्न समुदायका मानिसहरुले आ - आफ्नो संगठनको माध्यमबाट आफ्नो जातिलाई जनजातिको दर्जा दिलाउने प्रयास गरिरहेको समय अध्यक्ष गुरुङको पहलले अझ उर्जा पाउने काम गरेको छ | यसै सन्दर्भमा सर्व भारतीय गुरुङ तमु संगठन मङपू - लाब्दा समष्टि अनि सिटोङ – लाठपन्चर समष्टिको संयुक्त संयोजक बिकाश गुरुङले अध्यक्ष गुरुङको पहललाई सकरात्मक अनि समय सापेक्ष बताउंदै उनी प्रति कृतज्ञ रहेको बताएका छन् | आज सभागुतस संयोजकले एउटा पत्रकार सम्मेलन डाकेर दार्जीलिंग पहाडको ११ वटा जातगोष्ठीहरु क्रमैले भुजेल, गुरुङ, मंगर, नेवार, जोगी, खस, राई, सुनुवार, थामी, याखा (देवान), धिमाल को निम्ति संयुक्त रुपमा जनजातिको दर्जा दिनुपर्छ भन्ने माग मोर्चा अध्यक्ष गुरुङले केन्द्रका मन्त्रीहरुसित बार बार माग गर्दा केही दिन अघि मात्र केन्द्रका सम्बन्धित विभागका मन्त्रीहरुले यी समुदायहरुलाई जनजातिको दर्जा दिलाउने प्रक्रिया शुरु भएको खबर पत्र - पत्रिकाहरुतिर प्रकाशित भएपछि हामी सर्व भारतीय गुरुङ तमु संगठन मङपू - लाब्दा समष्टि अनि सिटोङ – लाठपन्चर समष्टका गुरुङ दाजु भाईहरुमा पनि खुशीको लहर छाएको हुँदा अध्यक्ष गुरुङ प्रति धन्यबादी रहेको र यो कार्य उनकै पहलमा सफल होस् भन्ने अग्रिम शुभकामना प्रकट गर्दछौ भनेका छन् | यही जनजातिको सन्दर्भमा केही दिन अघि मात्र देशको प्रधान मन्त्री नरेन्द्र मोदीले पनि बिधान सभाको भाजपा प्राथीको निम्ति समर्थन बटुल्दै उतर बङ्गाल आइपुगेका मन्त्रीले बीरपाडाको सर्कस मैदानमा सम्पन्न चुनावी जनसभा मंचबाट गोर्खाहरुको देश प्रतिको इमान्दारीता अनि सहभागिताको कदर गर्दै अहिलेसम्म कसैले पनि यी जातिलाई केही कदर नगरेको बताएका थिए भने म गोर्खाहरुको भावना जान्दछु, उनीहरुको निम्ति केही गर्न चाहन्छु यसैले गोर्खा समुदायको ११ वटा जातगोष्ठीहरुको निम्ति जनजातिको दर्जा दिलाउने प्रक्रिया शुरु गरिसकेको छु भनेका थिए | मन्त्रीको बक्तब्यलाई कतिपय दलहरुले यो चुनावमा रचिने एउटा रणनीति मात्र हो भनेतापनि जनजातिको निम्ति आन्दोलित जातगोष्ठीहरुलाई भने थप उर्जा मिलेको बुझिएको छ | संयोजक बिकाश गुरुङले अझ सम्बोधन गर्दै मन्त्रीको बक्तब्यले जनजातिको माग प्राय: चुडांत क्षण मा आइपुगेको बुझिएकोले पहाडका यी ११ जातगोष्ठी भित्र पर्ने सम्पूर्ण समुदायहरुले एक शुत्रमा बाँधिएर अध्यक्ष गुरुङको हात अझ दह्रिलो बनाउंदै आफ्नो मुद्दा सफल बनाउने आह्वान पनि गरेका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?