2560 Buddha Jayanti Celebration |
आज बैशाख पुर्णिमा भगवान बुद्ध जन्मेको दिनलाई यहाँ मङपू क्षेत्रभरि नै भगवान बुद्धको २५६० वां जन्म जयन्ती (2560th Buddha Jayanti) धुमधाम साथ पालन गरेको छ | मानव जातिमा अहिंसा नै परम धर्म भनी बताउने बुद्धको जन्म दिनलाई यस क्षेत्रभरिका बौद्ध धर्मावलम्बीहरुले आ- आफ्नो क्षेत्रको गुम्बाहरुमा धार्मिक कार्यक्रम संगै जन्मदिन मनाए पनि कार्यक्रममा हिन्दु, बुद्धिस्ट अनि अन्य सबै मानिसहरुको सहभागिता रहेको थियो | हिज साँझदेखि नै बौद्ध धर्म गुरुहरु द्वारा विधिवत पूजा अर्चना गर्दै आज बिहान शोभा यात्रा अनि धार्मिक पुस्तक टाउकोमा बोकेर नगर परिक्रमा गरेका थिए | भक्तजनहरुले टाउकोमा बोकेको धार्मिक पुस्तकलाई ढोग गर्दा पापहरु काटिने जस्ता आस्था रहेको हुँदा परिक्रमा गरेको समय पनि मानिसहरु भीड लागेर ती पुस्तकलाई ढोग्न बाटोतिर भेला भएका थिए | सबै भन्दा पहिला मङपूको नालीडांडा स्थित चर्चित गुम्बा दिन्छेन शेराप छ्योलिङ गुम्बा (Dinchen Sherap Chyoling Gumba )बाट निकालिएको शोभा यात्राले बजार परिक्रमा गर्यो भने यसकोपछि लाब्दा विभाग स्थित दोङाङ छ्योलिङ सार्वजनिक बौद्ध गुम्बा ( Donang Chyoling Sarvajanik Baudha Gumpa) अनि बिचकमान कापिस डांडा स्थित जोगछेन कोनछोइङ छिडूई गुम्बा ( Jogchen Konchoing Chidui Gumba)ले आफ्नो शोभा यात्रा बजार परिक्रमा गरेपछि नालीडांडा आएर यहाँको गुम्बा परिक्रमा गरेर आ – आफ्नो गुम्बामा पुगी रहल धार्मिक कार्यक्रममा सामेल भएको थियो | यसरी नै गोपाल धुराको गुम्बा लागायत अन्य गुम्बाहरुतिर पनि बौद्ध धर्मनुरागीहरुले आ – आफ्नो प्रकारले भगवान बुद्धको जन्म जयन्ती पालन गरेको छ | लाब्दा विभागको दोङाङ छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा विगत २० मईदेखि २५ मई सम्म भब्य धार्मिक कार्यक्रम सम्पन्न भइरहेको छ यसै बिच आज बुद्ध जयन्ती सम्पन्न भयो भने बाँकीको कार्यक्रमहरुमा २२ मईको दिन पानीको श्रोत संरक्षण हेतु छेलुङ लगाइने कार्यक्रम, २३ मईको दिन परम पावन ख्येन रिम्बोर्छे साङग्ये ल्होडोको आगमन अनि २४ मईको दिन पुजा प्रवचन गर्दै अन्तिम अर्थात २५ मईको दिन परम पावन ख्येन रिम्बोर्छे साङग्ये ल्होडोको६५ वां जन्म जयन्ती भब्य रुपमा पालन गरिने भएको छ जसमा आयोजक दोङाङ छ्योलिङ सार्वजनिक बौद्ध गुम्बा अनि अखिल भारतीय महायाना बौद्ध म्हानिपा संघ मङपू शाखाले सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई कार्यक्रममा उपस्थित भइ रिम्बोर्छेबाट वाङ अभिषेक अनि आशिर्वाद ग्रहण गरिदिने अनुरोध गरेको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?