श्रमिकहरुको समस्या लिएर मोर्चा युनियनको सिन्कोना व्यवस्थापकसित भेट

Darjeeling Terai Dooars Plantation Labour Union DTDPLU mungpoo
गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन (दातडुप्लालेयु) लाब्दा शाखाले श्रमिकहरुले भोगी रहेको समस्याहरु साथै आवश्यकतालाई लिएर सिन्कोना बगान व्यवस्थापकसित भेट गरेको छ | युनियनको लाब्दा शाखा सचिव राजेश तामांग, सभापति रतन छेत्री, गोजामुमो लाब्दा शाखा सभापति देवेन्द्र राई, सचिव दिपेन योन्जन, शाखा संयोजक कमल थापा साथै पार्टी अनि युनियनका सदस्यहरुको टोलीले बगान व्यवस्थापकसित भेट गरी सिन्कोनाको लाब्दा विभागीय समस्या अनि श्रमिकहरुको समस्या विषय लामो चर्चा गर्दै व्यवस्थापक समक्ष चाँडो समाधानको मागहरु राखेका थिए जसमा भुँइचालो, पहिरो पिडित औ खेतीबारी नभएका श्रमिकवर्गलाई घरेटी, खेती गर्ने बारीको प्रबन्ध गरिनु पर्ने, धुरा सुची अन्तर्गत श्रमिकवर्गको घर ज्येष्ठताको आधारमा निर्माण गर्न काटिएको काठको खर्चमा पारदर्शिता अपनाइयोस, बगान श्रमिकहरुलाई काम गर्दा चाहिने हात हतियारहरु जस्तै खुकुरी, सिक्क्ल, फरुवा एवम अन्य आवश्यकीय हतियारहरुको व्यवस्था गरिनु पर्ने, लाब्दा विभाग अन्तर्गत निर्माण गरेको भ्याटको संरक्षण साथै त्यहाँसम्म पुग्ने बाटो सुविधा गरिनुपर्ने, लाब्दा विभागको सिमान चारैतिरबाट मिचेको हुनाले सिमाना क्षेत्र १९५२ को म्याप अनुसार झट्टै सिमांकन गरिनुपर्ने, बगानको स्पेसियल सिजनल अनि सिजनल लेबरहरुलाई झट्टै रेगुलर गरिनुपर्ने साथै कतिपय रोकेको बदलीकामहरु झट्टै दिनुपर्ने, लाब्दा विभागको २५० ऐकर बन जंगलको संरक्षणको निम्ति १२ जना मात्र चौकीदार रहेकोले चौकीदार संख्या बढाउनु पर्ने, श्रमिकवर्गको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण हुँदछ तर बर्तमानमा बगानको अस्पतालहरुमा औषधिको कमी, कतिपय ससाना जाँचहरु, एम्बुलेन्स, एक्सरे, अक्सिजन जस्ता आवश्यकीय व्यवस्था नहुनु दुर्भाग्य हो | यसैले श्रमिकवर्गको सुगम स्वास्थ्य लाभको निम्ति व्यवस्थापनले शिघ्र सुनियोजित अस्पतालको व्यवस्था गरिनु पर्ने जस्ता मागहरु उठान गरिएको थियो भने व्यवस्थापनको पक्षबाट पनि सकरात्मक जवाबहरु पाएको साथै आउँदो २४ मई भित्रमा बगानमा रोकिएको सम्पूर्ण बदलीकामहरु छोड्ने बताएको युनियन पक्षले जानकारी दिएको छ ||

गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन (दातडुप्लालेयु) लाब्दा शाखाले श्रमिकहरुले भोगी रहेको समस्याहरु साथै आवश्यकतालाई लिएर सिन्कोना बगान व्यवस्थापकसित भेट गरेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.