मङपु सत्य
साई सेवा संगठनको आयोजनामा
स्थानीय सरस्वती उच्चतर माध्यमिक
विधालयमा नि:शुल्क स्वाँस्थ्य
जाँच शिबिर सम्पन्न भयो | आज
बिहान ८ बजे देखि शुरु भएको
उक्त स्वाँस्थ्य जाँच शिबिरमा
फिजिसियन,चाइल्ड स्पेसिलिस्ट,गाईनोलोजिस्ट
ईएनटी, स्कीन अनि अन्य डाक्टरहरु उपस्थित
थिए | स्थानीय सचेत युवा,समाज
सेवक, अनि सरस्वती बिधालयका
शिक्षक शिक्षिकागण अनि बिधार्थीगणको
सहयोगमा सम्पन्न भएको उक्त
नि:शुल्क स्वास्थ्य जाँच शिबिरमा
१२५६ जना रोगी स्वास्थ्य जाच
गराए भने ती रोगीहरुलाई डा.डिकी
भुटिया,डा.दावा,डा.छितेन,डा.भणडारी,डा.येल्मो.डा.कल्याण
घोष,डा.ए दास,डा.आर एन भुटिया
लगायत सिलगडीका आखा आस्पतालबाट
आएका डक्टर के राई अनि डा.बर्मनले
स्वास्थ्य जाँच गरे | यसरी १२५६
जना रोगीहरुलाई स्वास्थ्य
जाच गरे पछि नि:शुल्क रुपमा
औषधी बितवारण गरियो | स्वास्थ्य
जाच गराउन सहयोग पुराउने सम्पुर्ण
संघसंस्था अनि मोहन तामांङ
साथै कमल पाण्डेलाई मङपु सत्य
साई सेवा संगठन क्षेत्र १२का
क्षेत्रीय दयित्वाहक प्रेमदीप
राईले आभार व्यक्त गरेका छन |
साई सेवा संगठनको आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच अनि औषधि वितरण
22May2016
Post a Comment