रेशेप फरेष्ट बस्तीमा सात कन्ये देवी मन्दिरको नामकरण संगै भब्य पूजा

Puja in Saat Kanya Devi Mndir Reshep forest busty
रेशेप फरेष्ट बस्ती (Reshep Forest Busty) अर्थात सिकसिनमा आजसम्म पुरानो देवीथानले चिनिने स्थललाई सात कन्ये देवी मन्दिरको नामकरण गर्दै भब्य पुजाको आयोजन भएको छ | स्थानीय वृद्हरुको भनाई अनुसार यस देवी स्थानमा पहिले गाउँकै धामी साइँला बाजेले चोखो निधो गरी पुजा गर्ने गर्दथे भने उनको मृत्युपछि यस स्थानलाई कसैले पनि चासो नदेखाएको कारण देवीस्थानमा फोहोर मैला बढ्न थाल्यो जसको फलस्वरूप गाउँ घरमा सुख शान्तिले पनि बास छोडेको अनि हैजा बिमार बढेको थियो | यसको साथै केही हप्ता अघि मात्र हावा हुण्डी आएर गाउँको दुई चार घरको छानो नै उडाएर लागेको पनि उनीहरु बताउँछन् | यसैले धामी – झाँक्रीले यो ठाउँलाई शुद्ध गर्दै पुजा अर्चना गरे सबैलाई राम्रो हुने बताउँदा गाउँलेहरु मिलेर ढुंगै ढुंगाको चेप सिम्सारे स्थान जहाँ पहिले देवीस्थान मानिन्थ्यो त्यसलाई साफ – सफाई गर्दै ब्राह्मण विवेक शर्मा अनि धामी बिरेन छेत्री लगाएर भब्य पुजा अर्चना गर्दै सात कन्ये देवी मन्दिरको नामकरण गरिएको छ | सम्पूर्ण गाउँबासीको संयुक्त आयोजनमा सम्पन्न भएको पुजामा सभापति कुमार राई अनि सचिव उदय गुरुङको बिशेष निर्देशन रहेको थियो भने यस पुजालाई अबउसो वार्षिक रुपमा आयोजन गरिने पनि जानकारी दिएको छ | यस पुजा आयोजनले धार्मिक विश्वास बढ्नुको साथसाथै बढ्दो पानीको समस्यामा परोक्ष रुपमा यस्ता सिमसारलाई संरक्षण पाएको पनि स्पष्ट देखिएको छ ||

रेशेप फरेष्ट बस्ती (Reshep Forest Busty) अर्थात सिकसिनमा आजसम्म पुरानो देवीथानले चिनिने स्थललाई सात कन्ये देवी मन्दिरको नामकरण गर्दै भब्य पुजाको आयोजन भएको छ |

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.