मङपूका एक चर्चित नारी हस्ताक्षर सुभद्रा बोम्जनको दोश्रो कविता संग्रह “वेदनाको स्केच” को आज विधवत लोकार्पण भयो | यहाँको रविन्द्र भवनमा मङपू साहित्य संस्थान द्वारा आयोजित लोकार्पण कार्यक्रममा दार्जीलिंग, मिरिक, खरसाङ, सिलिगुडी, डुवर्स आदिबाट आएका कवि साहित्यकारहरु बिच उनको यो कविता संग्रह विमोचित भयो | बिशोर कार्की अनि दीप थापा द्वारा संचालित कार्यक्रममा भूतपुर्व शिक्षक एके गुरुङको सभापतित्व रहेको थियो | कवियत्री सुभद्रा बोम्जन जसले आफ्नो पहिलो कविता संग्रह वितृष्णाको बिम्ब २०११ सालमा प्रकाशित गरेका थिए भने यो उनको दोश्रो कृति हो |
कार्यक्रमको शुरुमा नेपाली संगीत जगतको अनमोल रत्न स्वर्गीय अम्बर गुरुङको निधनमा उपस्थित सम्पूर्णले दुई मिनटको मौन धारण गरेर उनलाई श्रधान्जली जनाउंदै उनको आत्माशान्तिको कामना गरेका थिए भने कवि सुरेन्द्र थिङ द्वारा स्वर्गीय अम्बर गुरुङ सम्बन्धि वार्ता प्रस्तुत गरेका थिए | कार्यक्रम बिच डल्फीन एकाडेमीका नानीहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने प्रमिला मुखिया, सुरेन्द्र थिङ, उमेश परियार, पवित्र लामा, कमला तामांग, शिला लामा, मिलन लामा, किरण किराठ, कृष्ण प्रधान, शानु भट्टराई आदिले आ – आफ्नो कविता कृति पठन गरेका थिए | बिमोचन कार्यक्रममा कमला राईको प्रमुख आतिथ्य रहेको थियो भने कृष्ण प्रधान, उर्मिला घिसिंग, तारा प्रधान, क्षेत्र प्रेम मुखिया, मन्दिरा प्रधान, जय क्याकटस, सुरज रोजुरी, बगान व्यवस्थापक बिदुर कार्की आदिको पनि बिशेष उपस्थिति रहेको थियो ||
Post a Comment
We love to hear from you! What's on your mind?