![]() |
Representational purpose only |
जिल्ला सुचना एवम संस्कृतिक विभाग (Information & Cultural Department) को आयोजनामा एक जन सचेतनामुलक कार्यक्रम ( Awareness Programme) यहाँको लाब्दा सीपी शिक्षा केन्द्रमा सम्पन्न भयो | लोक प्रसार प्रकल्पसित सम्बन्धित लोक कलाकारहरु द्वारा स्वस्छ दार्जीलिंग एवम हरित दार्जीलिंग माथि लोक भाकामा आधारित गीत, नृत्य एवम लघु नाटक प्रस्तुत गरियो | कार्यक्रममा लाब्दा माध्यमिक शिक्षा केन्द्रका शिक्षक – शिक्षिका एवम छात्र – छात्रावर्ग साथै लाब्दा सीपी प्राथमिक पाठशालाका शिक्षिक – शिक्षिका लगायत विधार्थीहरु उपस्थित थिए | कार्यक्रमको प्रारम्भमा कलाकारहरुले लोक गीतको माध्यम द्वारा हरित एवम स्वस्छ दार्जीलिंग माथि जानकारी गराए पछि कार्यक्रमको दोश्रो चरणमा भल पहिरो एवम वृक्ष रोपन र संरक्षण विषय नाटक एवम गीत प्रस्तुत गरियो | अन्तमा यसरी जानकारीमुलक कार्यक्रम प्रस्तुत गरिदिएकोमा जिल्ला सुचना एवम संस्कृतिक विभाग प्रति साथै सम्पूर्ण कलाकारहरु प्रति पाठशालाका प्रधान अध्यापक रतन कुमार अधिकारी द्वारा पाठशालाको पक्षमा धन्यबाद दिएका थिए ||
Post a Comment
We love to hear from you! What's on your mind?