गत बुद्धबार यहाँको टीएमसी कार्यलयमा टीएमसी मङपू जोन सभापति केएस छेत्रीको सभापतित्वमा एउटा सभा बस्यो | यही सभाबाट बिगतका दार्जीलिंग सिन्कोना प्लान्टेशन वकर्स युनियन समस्टी कमिटि (Darjeeling Cinchona Workers Union Samsty Committee) मङपू जोन बिघटन गरि नयाँ समष्टि कमिटि गठन गरिएको छ | नयाँ ढाँचामा अस्तित्वमा आएको युनियनमा सभापति संजय थापा, कार्यकारिणी सभापति बुद्ध लामा, उपसभापति प्रकाश राई,महा सचिव आशिषदिप राई, सह सचिव एमोश थापा, दिव्या गुरुङ, सुबास छेत्री, कोषाध्यक्ष रेजिना गुरुङ, लेखापरिक्षक पवन बल, केएस छेत्री रहेका छन् | सभाले नयाँ कमिटि अस्तित्वमा ल्याउँदै सिन्कोना बगानको कार्य प्रणाली, कार्य संस्कार, योजना आदि माथि गम्भीर बहस गर्दै अब उसो सिन्कोना कार्य प्रणाली, संस्कार, योजनाहरु परिभार्जन गर्ने दिशामा लाग्ने निर्णय लिएको छ | यस चर्चामा सिन्कोना बगान भित्र भइरहेको वैकल्पिक खेतीहरु माथि पनि चर्चा गरियो जस अनुरुप अब उसो अनावश्यक खेती माथि ध्यान नदिएर लाभदायक खेती माथि टीएमसी ट्रेड युनियनले पहल गर्ने भएको छ ||
टीएमसी पार्टी ट्रेड युनियन पुणर्गठन
09Jun2016



Post a Comment