सभासद आशा गुरुङ द्वारा रोङचोङमा स्वास्थ्य केन्द्र उद्घाटन

Health Sub centre at Rongchong inaugurated by Asha Gurung
मङपू लाब्दा समष्टि अन्तर्गत यहाँको रोङचोङ (Rongchong) ग्राम पन्चायत क्षेत्रमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन द्वारा नव निर्मित उपस्वास्थ्य केन्द्र (Health Sub centre) को भारप्राप्त सभासद आशा गुरुङ, स्वास्थ्य विभागको बाहुलीबाट उद्घाटन भएको छ | जीटीएको स्वास्थ्य विभागबाट अवान्टित १२ लाख ७७ हजारको लागतमा निर्मित यस स्वास्थ्य केन्द्रको आज प्रथममा ब्राह्मण द्वारा विधिवत रुपमा पूजा पाठ गरेपछि कार्यक्रमको प्रमुख अतिथि सभासद आशा गुरुङको बाहुलीबाट रिबन काटेर उद्घाटन गरिएको हो | कार्यक्रमको मुख्य नायिका कुमारी गुरुङ जसले गाउँमा स्वास्थ्य केन्द्र निर्माण गर्नलाई आफ्नो जमीन दान गरेका थिए उनलाई पनि उद्घाटन समारोह समितिले खादा माला गरि सम्मान जनाएका थिए भने जनहितको निम्ति यस्तो महत कार्य गरे वापद सभासद गुरुङले सार्वजनिक नगरेपनि भविष्यमा उनको निम्ति केही हितको काम गरिदिने बचन दिएकी छिन् | राष्ट्रीय राजमार्ग १० को नजिक रहेपनि चारैतिर भीर पहाड अनि एकापटि रियाङ खोलाको किनारमा अवस्थित एक समयको दुर्गम बस्ति जहाँका बासिन्दाहरुलाई राजमार्गबाट आफ्नो गाउँ पस्ने पक्की सडक धरि थिएन भने जीटीए गठन भएपछि यता बिस्तारै बिजुली, सडक आदिको सुविधाहरु पाउँदै गएपछि आज उपस्वास्थ्य केन्द्रको सुविधा पनि उपभोग गर्न पाउँदा स्थानीय बासिन्दाहरु जीटीए कार्यपाल बिमल गुरुङ प्रति धन्यबादी रहेको स्थानीय बासिन्दाहरु बताउँछन् | पहिले भाडा तिरेर एउटा घरमा उपस्वास्थ्य केन्द्र चलाइरहेको थियो भने यो पल्ट जीटीएले स्वास्थ्य केन्द्रको निम्ति एउटा ठूलो भवन नै निर्माण गरिदिएको छ | आफ्नो सम्बोधनको क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आशा गुरुङले उपस्थित गाउँलेहरुलाई सम्बोधन गर्दै अब यस नव निर्मित स्वास्थ्य केन्द्रबाट स्थानीय गाउँलेहरुले भरपुर स्वास्थ्य सुविधा उपभोग गर्न सक्ने बताए | बिशेष गरेर स – साना नानीहरु अनि गर्ववती महिलाहरुले अपदकालिन क्षणमा यस स्वास्थ्य केन्द्रबाट भरपुर लाभ उठाउन सक्ने बताउंदै यसलाई गाउँका सम्पूर्णले नै आफ्नै सम्पति सम्झेर संरक्षण गरिराख्ने अपिल सभासद गुरुङले गरिन् | यो मोर्चाले निर्माण गरेको भन्दै भविष्यमा अन्य दलका दाजु भाईहरुले ऐना फुटाउने काम गरे, तोडफोड गरे ग्रामबासीको नै क्षति हुने उनले जनाए साथै कुनै पनि गाउँ अथवा क्षेत्रको सर्वाङगिन बिकाश गर्नलाई पहिले स्थानीय जनताहरु सबै एउटै मूलधारामा बग्नु नितान्त जरुरी रहेकोले सबै नफुटी एक शुत्रमा बाँधिएर बस्ने आह्वान पनि उनले गरेका छन् | बसन्त थापा द्वारा संचालित साथै मोर्चा मङपू लाब्दा समष्टि सचिव रतन लामाको सभापतित्व रहेको कार्यक्रममा ठेकेदार सगर लामा, बीएमओ ड० चन्द्र कुमार छेत्री, अभियन्त कुमार प्रधान, स्वास्थ्य विभाग सचिव डब्ल्यु जिम्बा आदिले पनि सम्बोधन गरेका थिए भने मोर्चा रोङचोङ शाखा सचिव प्रकाश लेप्चाले स्वागत सम्भाषण राखेका थिए | कार्यक्रममा हेल्थ सीए दिपेन थापा, सहायक अभियन्त बिक्की लोहार, तक्दाहका डाक्टर, समष्टि युवा मोर्चा सचिव बिकाश गुरुङ, दातडुप्लालेयु सिकोना जोन सचिव गगन राई, समष्टि नारी मोर्चाका प्रतिनिधिवर्ग लगायत गाउँका वरिष्ठ व्यक्ति व्यक्तित्व साथै स्थानीय ग्रामबासीहरुको बिशेष सहभागिता रहेको थियो ||

मङपू लाब्दा समष्टि अन्तर्गत यहाँको रोङचोङ (Rongchong) ग्राम पन्चायत क्षेत्रमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन द्वारा नव निर्मित उपस्वास्थ्य केन्द्र (Health Sub centre) को भारप्राप्त सभासद आशा गुरुङ, स्वास्थ्य विभागको बाहुलीबाट उद्घाटन भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.