अन्तमा चालकवर्ग आफै बाटो बनाउन बाध्य

Rambi Bichkaman Road Repair by drivers
आजको युग बैज्ञानिक युग मानिन्छ तर जति जति युग बैज्ञानिक हुँदै जाँदैछ त्यति नै मानिसहरुमा मानवता भने घटेर गएको पाइन्छ | मानिसहरु व्यस्तताले सोंचहरु बदलिएर नकरात्मक रुपमा परिवर्तन हुन पुग्दछ | मानिसहरु एकार्कामा सहायता गर्न छोडे, नराम्रो मानिसलाई सुमार्गमा ल्याउने चेष्टा साथै समाजसेवी जस्ता काम भने देखेर पनि आँखा चिम्म गरेर हिड्छन् | भारत सरकार द्वारा प्रधान मन्त्री नरेन्द्र मोदीले पनि “स्वस्छ भारत अभियान” जस्ता महत्वपूर्ण कार्यक्रमको शंखघोस गरेपनि हाम्रा मानिसहरुमा भने सचेतनाको कमिले होला सायद जीउँको तिउँ नै छ | खण्ड बिकाश अन्तर्गत पंचायतबाट गाउँ – गाउँ पुग्ने बाटोहरु निर्माण गरिदिए पनि यसलाई ग्रामबासीहरुले पनि आफ्नै सम्पति सम्झेर हेरचाह गर्न आवश्यक देखिन्छ | यस्तैमा रम्बी बिचकमानका मानिसहरुको निम्ति एक मात्र मेरुदण्ड मानिने सडक जसले रम्बी बिचकमानलाई रेशेप बजारसित जोड्छ भने हालमा यही सडक पनि जीर्ण अवस्थामा रहेको छ | यसै सडक भएर दैनिक विभिन्न मानिसहरु, बिमारी, विधार्थीवर्ग अनि दैनिक रुपमा चल्ने लोकल भ्यान अनि ट्याक्सीहरु हिड्ने गर्छ | चालकहरु यसै सडकमा गाडी चलाएर आफ्नो परिवारको पेटपाला गर्छ तर अहिलेघरि बाटोको अवस्था जीर्ण रहेको हुँदा गाडी चलाउन भने एकदमै गाह्रो पर्न थालेको छ | बिशेष गरेर सडकको किनारमा घरहरु निर्माण कार्य भइरहेकोले कतिपय सामग्रीहरु जस्तै इँटा, बालुवा, ढुंगा आदि बाटो ढाकेर राख्ने गरेकोले कालकहरुलाई गाडी चलाउन साँघुरो भइरहेको छ साथै पानी परेको समय ड्रेनहरुतिर पनि यस्ता सामग्रीहरु राखिदिएकोले जम्मै पानी सडकमा जमेर स सानो झील जस्तै भएर जम्ने गर्छ | यसको साथै घरको घडेरी निर्माण गर्दा निस्केको माटोहरु पनि अव्यवस्थित तरिकाले बाटोमा फ्याक्ने गरेकोले पानी परेको समय ग्याचग्याचे हिलोको रुप लिने गर्छ जसमा साधारण जनता साथै गाडी चलाउन एकदमै असुविधा पर्न गइरहेको छ | बिशेष गरेर सिन्कोना व्यवस्थापनबाट घर निर्माण गर्नलाई एनओसी दिँदा घरको निर्माण कार्य सठीक स्थानमा हुने हो कि होइन त्यो पनि त्यो पनि पहिले बुझिदिनु पर्ने बर्तमान आवश्यकता देखिएको छ | दागोपापबाट अस्थायी रुपमा जति पनि बाटो देखरेख गर्न खलासीहरु खटाइएको छ उनीहरुले पनि सठीक समयमा बाटो देखरेख गरिनु पर्ने आवश्यकता देखिन्छ | हालमा उनीहरुको मासिक वेतन दोब्बर गरिए पनि आफ्नो कर्तब्य निभाउन भने चुकेको जताततै पाइएको छ | सरकारको पक्षबाट समतल भन्दा बेसी पहाडमा नै रोड ट्याक्सहरु उसुल गरिरहेका छन् जुन ट्याक्सको आधारमा पहाडमा सडक निर्माण कार्यमा अनेकौं दु:खहरु झेल्न परिरहेको छ | जे होस् अब हामी सबैको कर्तब्य बन्छ कि हाम्रो परिवेश हामी आफै बनाउ, हाम्रो ठाउँ हामी आफै सुन्दर बनाऊ भन्दै अन्तमा चालकवर्ग नै एकदिन गाडी थन्काएर आफ्नो गाडी हिड्ने सडक आफै बनाउन बाध्य भएको जानकारी रम्बी बिचकमान चालक युनिटका सभापति विकाश थापाले दिएको छ ||

आजको युग बैज्ञानिक युग मानिन्छ तर जति जति युग बैज्ञानिक हुँदै जाँदैछ त्यति नै मानिसहरुमा मानवता भने घटेर गएको पाइन्छ | मानिसहरु व्यस्तताले सोंचहरु बदलिएर नकरात्मक रुपमा परिवर्तन हुन पुग्दछ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.