गोजयुमो रेशेप शाखाको समिक्षा सभा

Dr Rohit Sharma MLA Kurseong
MLA Dr Rohit Sharma
रेशेप शाखा गोजयुममो सांगठानिक एवम समिक्षा सभा शाखा अध्यक्ष रुपास बोम्जनको सभापतित्वमा सम्पन्न भयो | सभामा १६ औं बिधान सभा चुनावमा पार्टी कार्यकर्ताहरुको मुख्य भूमिका रहेको प्रत्येक वार्डको प्रतिनिधि लगायत कार्यकर्ताहरुले निष्ठापुर्वक संगठनको हितमा जिम्मेवारी बहन गरेकोमा समितिको पक्षबाट आभार व्यक्त गरियो | मङपू लाब्दा समष्टि सभासद रतन कुमार थापाले २४ खरसाङ विधान सभा चुनावमा मङपू लाब्दा समष्टिले उत्कृष्ट परिणाम ल्याउँ सकेकोमा सम्पूर्ण शाखा जनसाधारणलाई धन्यबाद टक्राए | समष्टि युवा अध्यक्ष बिकाश गुरुङले आफ्नो बक्तब्यमा शाखामा निष्क्रिय रहेका कार्यकर्ताहरुलाई एक संगठनको हितमा कार्य गर्न अपिल गरे | यसरी नै कानुनी सल्लाहकार राम पोख्रेलले चुनावको परिणाम असल भएपनि यसलाई भविष्यमा अझ बडी तौरमा मतको व्यवधान बढाएर लैजान पर्ने मन्तब्य पोखे | जीपीटीओ सचिव सुदेश थापाले सम्बोधनको क्रममा सम्पूर्ण कार्यकर्तावर्गले अब उसो विपक्षमा गएको हाम्रो मानिसहरुलाई असल कार्यको अपेक्षा राखी जातीय आन्दोलनमा सरिक हुन मूलधारामा बग्ने अपिल गरे | सभामा शाखाको पक्षमा मिरेन लामाले आफ्नो संक्षिप्त बक्तब्यमा विपक्ष दलमा कम प्रतिशतमा मत गएको ठोकुवा गर्दै संगठनमा यदि नविकरण ल्याउनु हो भने पार्टी, युनियन, कार्यकर्ताहरुको साम्जस्य हुन नितान्त जरुरी रहेको बताए | मङपू जोन युनियन सचिव किशन बुडाथोकीले श्रमिकहरुले भोगिरहेको समस्यालाई निवारण गर्न हेतु आफु जहिले पनि तयार रहेको बारे बताए | यसरी नै सभामा अस्थायी श्रमिकको पक्षबाट बिश्व बोम्जनले बर्तमान अस्थायी श्रमिकहरुले भोग्नु परेको विविध समस्या माथि आफ्नो मत प्रकट गरे | सचिव रिनेश शेर्पाले संचालन गरेको सभामा क्षेत्रीय सभासद रतन कुमार थापा, समष्टि कमिटि मूल सचिव रतन लामा, मङपू लाब्दा समष्टि युवा मोर्चा सभापति बिकाश गुरुङ, कानुनी सल्लाहकार राम पोख्रेल, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सभापति सुरेन राई मङपू जोन, सचिव किशन बुडाथोकी, जीपीटीओ मङपू सर्कल सचिव सुदेश थापा, मिरेन लामा, ज्येष्ठ नागरिक डीएस लोहार, एनसी शेर्पा, कुमार पाण्डे, भुतपुर्ब शिक्षक केबी गिरी, डी कुमार परियार, एमबी प्रधान, दुर्गा बोम्जन, नन्द किशोर लामीछाने, भूतपूर्व प्रधान अध्यापक समल कार्की, प्रकाश कार्की आदि लगायत छ वटा वार्डको प्रतिनिधिवर्ग, नारी मोर्चाबाट जयन्ता गिरी, भारती वाइबा, नैना राई, बबिता थापा, शाखा युवा मोर्चा सचिव   प्रेमदीप राईको पनि उपस्थिति रहेको थियो |
अन्तमा सभापति द्वारा सम्पूर्ण कार्यकर्ताहरुलाई विधान सभा पार्टी उम्मेदवार डा० रोहित शर्मालाई राम्रो मतले भोट दिएर बिजयी गराउने शाखाको जनतालाई आभार व्यक्त गरेका छन् ||

रेशेप शाखा गोजयुममो सांगठानिक एवम समिक्षा सभा शाखा अध्यक्ष रुपास बोम्जनको सभापतित्वमा सम्पन्न भयो | सभामा १६ औं बिधान सभा चुनावमा पार्टी कार्यकर्ताहरुको मुख्य भूमिका रहेको प्रत्येक वार्डको प्रतिनिधि

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.