७४ धुरामा मोर्चाको आलोचना सभा

Gorkha Janmukti Morcha Flag banner
गोर्खा जनमुक्ति मोर्चा ७४ धुरा (74 Dhura) शाखाको आलोचना सभा यहाँको अगमसिंह गिरी बिधालयमा सम्पन्न भएको छ | सभामा मङपू लाब्दा समष्टि सभासद रतन कुमार थापा, समष्टि मूल सचिव रतन लामा, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन सचिव गगन राई, लाब्दा शाखा युनियन सचिव राजेश तामांग  आदिको बिशेष उपस्थिति रहेको थियो | फुर्बा मोक्तानको सभापतित्वमा बसेको सभामा सर्वप्रथम ७४ धुरा शाखाको पुर्व सचिव द्वारा कतिपय व्यक्तिगत समस्या साथै व्यस्तताको कारण आफुले सचिवको पद सम्हाल्न नसक्ने भएकोले स्वेच्छाले एक साधारण सदस्यको रुपमा बस्ने लिखित रुपमा जानकारी गराएको हुनाले सह सचिव सौगन्ध राई द्वारा सभा संचालन गर्दै सभाको औचित्य अनि गाउँले समस्याहरु पनि सबैलाई जानकारी गराए | केही दिन अघि दैनिक समचार पत्रमा प्रकाशित ७४ धुरामा त्रिनामूल कांग्रेसको शाखा गठन विषय लिएर पनि गहिरो चर्चा भयो अनि उक्त दिन गाउँका साधारण व्यक्तिहरुलाई जातगोष्ठीको सभा भनि झुटो रुपमा सभा डाकेको कुरो त्यस सभामा गएर आएका ९ घर परिवारले स्पष्टिकरण दिंदै आफुहरु गोजमुमो पार्टी भित्रै रहेको बताए | सम्बोधनको क्रममा गाउँको शिक्षित बेरोजगार युवाहरुले जीटीए गठन भएदेखि यता अरु शाखा सरह यस शाखामा भनेको जस्तो केही काम नभएको साथै कतिपय काम हुँदा पनि स्थानीय शाखालाई मान्यता नदिएकोमा गुनासो राख्दै अब उसो शाखाभित्रको पार्टी, युनियनको काम बिषय शाखासंग जोगाजोग गरे मात्र काम गर्न दिइने निर्णय लियो | यसको साथै बिगत दिनमा टीएमसी द्वारा लगाइएको आरोपहरु निराधार हुन् भनी जनाएको छ | ग्रामबासीको विविध समस्याहरुसितै कतिपय लिखित प्रतिवेदनहरु नोर्देन लामा द्वारा सार्वजनिक गरियो भने समष्टि कमिटिका मूल सचिव रतन लामा द्वारा आगमी दिनहरुमा यस शाखाको समस्यालाई लिएर उचित पहल गर्ने बचन दिंदै सभालाई सम्बोधन गरेका थिए | यसरी नै शाखा युनियन सचिव राजेश तामांगले युनियन बिषय बृस्तृत रुपमा जनाउंदै बिगत दिनको समाचारले पार्टी, युनियन दुवैलाई बद्नाम बनाउने षड्यन्त्र मात्र रहेको बताउंदै यदि उक्त आरोपहरु सत्य हो भने सबिको सामु प्रमाणित गरेर देखाओस भन्दै खुल्ला चुनौती दिएको छ | सम्बोधनको क्रममा प्रमुख अतिथि सभासद रतन कुमार थापाले बिगत बिधानसभा चुनाव अघि पनि यहाँ आएर जुन सहयोग मागेको थिए त्यो आज चुनाव जिताएर देखाईदिएकोमा खुशी व्यक्त गर्दै आजसम्म ७४ धुरा शाखा माथि अनदेखा भएको यथार्थ कुरा हो भनि स्वीकार्दै आगमी दिनहरुमा यस शाखाको पनि समस्यामाथि व्यवहारिक रुपमा कार्य गरिदिने बचन दिएको छ भने झट्टै एउटा कार्यक्रम डाकेर यस शाखाको समस्याहरु माथि बातचित गर्न आवश्यक रहेको जनाए | दार्जीलिंग पहाडको बर्तमान राजनैतिक गतिविधिहरु माथि प्रकाश पर्दै भानु जयन्ती जस्तो जातीय कार्यक्रममा पनि राजनीतिकरण भइरहेकोमा सबैलाई सचेत गराउंदै आफ्नो मुख्य मुद्दामाथि पनि साबि ग्रामबासी सचेत र इमान्दार भइदिने अपिल गर्दै राज्य सरकारले जीटीए व्यवस्थामाथि हस्तक्षेप गरेकोमा आक्रोश व्यक्त गरेको छ | यस सभाले शाखा सचिवको पदमा सौगन्ध राई, मङपू लाब्दा समष्टि कमिटि युनियन प्रतिनिधिको रुपमा बिकाश मोक्तान, मुनाल घिसिंग अनि युनियन लाब्दा शाखामा ओम्बे तामांग, आशा राई, दुर्गादेवी राई साथै शाखा कोषाध्यक्ष्यको पदमा ज्ञानचन्द्र तामांगलाई चयन गरिएको छ ||

गोर्खा जनमुक्ति मोर्चा ७४ धुरा (74 Dhura) शाखाको आलोचना सभा यहाँको अगमसिंह गिरी बिधालयमा सम्पन्न भएको छ | सभामा मङपू लाब्दा समष्टि सभासद रतन कुमार थापा, समष्टि मूल सचिव रतन लामा, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन सचिव गगन राई, लाब्दा शाखा युनियन सचिव राजेश तामांग आदिको बिशेष उपस्थिति रहेको थियो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.