सम्भवत: ९२ सालमा लाब्दा विभागमा आएको बिनाशकारी पहिरोले एउटा घरको परिवार नै पुरेर लागेपछि उठिबास लाग्नुपरेको पिडित गाउँलेहरु कोही ७४ विभाग, धजेतिर छ भने एक समुह भने शुन्तलेको घना जंगललाई फाँडेर चारैतिर जंगल बिचमा सानो गाउँ बसालेर बसेका थिए | लाब्दा विभाग अन्तर्गत पर्ने यही शुन्तले गाउँका बासिन्दाहरु आज प्राय: २४ वर्ष बितिसक्दा पनि गाउँलेहरुले पाउन पर्ने बुनियांदी सुविधाहरुदेखि बन्चित रहेको छ | गाउँमा कुनै प्राथमिक पाठशाला, स्वास्थ्य केन्द्र, पानीको सुविधा, बाटोको सुविधा अझसम्म छैन | प्राय: ३० – ३५ घर रहेको यस गाउँका मानिसहरुले बजार आउन परे ३ किलोमिटर जतिको जंगलको सानो बाटो हिंडेर नै आउन पर्ने हुन्छ, बिधार्थीहरु दैनिक रुपमा हिंडेर नै बिधालय जाने गर्छ | कुइलेन बगानमा काम गर्नेहरु पनि हिंडेर नै बगानमा गइ बेलुकी लखतरान भएर घर पुग्ने गर्छ | बिशेष गरेर बिरामी परेको खण्डमा बिरामीलाई कि केमकाठ या त चौकीमा बोकेर यती लामो दुरी तय गरि उपचारको निम्ति अस्पताल लानुपर्ने बाध्यता गाउँलेहरुलाई छ | २०० – २५० मतदाता रहेको शुन्तलेमा यस्तै बिकट समस्याहरु झेल्दै आएका गाउँलेहरुले बिकाशको निम्ति सर्वप्रथम बाटोको सुविधा हुन जरुरी रहेको बुझेर दार्जीलिंग पहाडको शासक दल गोर्खा जनमुक्ति मोर्चालाई समर्थन गर्दै बाटोको समस्याहरु बताएर धेरै चोटि स्मरण पत्रहरु बुझाएको मोर्चा लाब्दा शाखा सहसचिव बिकाश राईले बताएको छ | बाटोको निम्ति कति पल्ट र कहाँ कहाँ पत्रहरु बुझाइयो त्यसको गन्ती नभएको बताउंदै हाम्रो गाउँको निम्ति बाटो भन्दा ठुलो अरु केही छैन, हामीले मोर्चाको निम्ति दिलोज्यान दिएर जे भन्यो त्यही गर्यौ, जहाँ भन्यो त्यहीं गयौं तर हामी आज पर्यान्त ठगिएको छौँ, हाम्रो समस्या प्रति क्षेत्रीय सभासदले कुनै पहल नगरिदिएकोमा हामी सम्पूर्ण ग्रामबासी नै उनी प्रति रुष्ठ छौँ भनी बताएको छ | बिकाशकै निम्ति गठन भएको जीटीए मार्फत हाम्रो समस्यालाई लिएर क्षेत्रीय पार्टी नेतृत्वहरुले कहिले पनि हाम्रो समस्यालाई सुनिदिएन र चुनावको समयमा मात्र नेतृत्वहरु गाउँ पसी सहानुभूतिको कुरा र खोक्रो आश्वासन दिंदै हामीलाई लट्टाएको छ भनी बताएको छ | शुन्तले गाउँको प्राथमिक आवश्यकतालाई प्रमुखता दिंदै गाउँलेहरुले बिधान सभा अघि पनि “नो रोड नो भोट” भन्दै भोट बहिस्कार गर्ने निर्णय लिएको थियो भने त्यस समय सभासद स्वय आएर तिमीहरुको बाटो म बनाइदिन्छु भन्दै भरोसा दिलाएर भोट हाल्न बाध्य बनाएका थिए | त्यही समय गाउँलेहरुको सामु इन्जिनियरहरुलाई फोन गर्दै बाटोको कुरा गरिदिएका थिए | तर अहिले बुझ्दा चुनाव अघि कोड अफ कन्डक्ट लागिरहेको समय कसरी बाटो नाप्न आउंछ ? त्यो समय पनि हामी झुक्किएछौँ भन्दै चुनाव सकियो, परिणाम घोषणा सम्म भैसक्यो तर बाटो बिषय लिएर पार्टीको पक्षबाट कुनै पहल गरिएको छैन र अब आशा पनि छैन भनी बिकाश राई अनि बिराज राई मोर्चा प्रति राँक्किएको छ | मुखले त धेरै करोड रुपियाँ पनि दिएको छ र बाटो पनि बनिसक्यो नि भन्दै व्यंग्य कसेर पार्टी पक्षबाट आशा मरेपछि गाउँलेहरु सिन्कोना व्यवस्थापक स्व० नरेश कुमार बराइली समक्ष गाउँको समस्या लिएर पुगेका थिए र व्यवस्थापकले गाउँको समस्यालाई बुझेर विभागीय पक्षबाट १२ जना मान्छे दिएका थिए र यिनीहरु सितै गाउँलेहरु सबै धुरिएर नालीडांडाको केही पर देखि शुन्ताले जाने बाटो खन्न थालेको छ | तर केही दिनअघि मात्र सिन्कोना व्यवस्थापकको अचानक निधन हुँदा गाउँलेहरु सुर्तामा परेको छ | गाउँको समस्या बुझेर बाटोको निम्ति पहल गरिदिने भगवान सरह व्यवस्थापक माथि थुप्रै आशा राखेका गाउँलेहरु यसरी अचानक ब्यवस्थापकको निधनले मर्माहत हुँदै शोक प्रकट गरेको छ | बिभागीय पक्षबाट दिएको सरकारी श्रमिकहरुले दैनिक हाजिराको रुपले काम गरेपनि सम्पूर्ण गाउँका मानिसहरु धुरिएर अहिले घरि गाउँ जाने बाटो बनाइरहेको छ | गाउँका सरकारी कर्मचारीहरु आफ्नो दैनिक कामबाट फर्किंदा सिधै बाटोमा बसेर बेलुकी सम्म बाटो खन्ने काम गर्छ भने बिधार्थीहरु छुट्टीको समय बाटो खन्ने काम गर्छ | गाउँको बुडा – पाका, केटा – केटी, पुरुष – महिला सबै धुरिएर बाटो खन्ने काम गर्दै अहिलेसम्म प्राय १ किलोमिटर भन्दा बेसी खनिसकेको छ भने यति गरिसक्दा सम्म पनि क्षेत्रीय कुनै पनि राजनैतिक दलहरुको ध्यान यता गएको छैन |
यस बाहेक गाउँमा एसएसके भवन निर्माण कार्य थालिएको भएपनि अहिले घरि सो कार्य पनि अधुरो र अनियमित हुँदै सबैको नजरदेखि हराइसकेको छ भने बिजुलीको सुविधा गाउँमा छ र त्यो पनि सभासद चयन हुन अघि नै भइसकेको बताएको छ | बिजुली जडान गर्नलाई पनि गाउँलेहरु मिलेर सबै बत्तीको पोस्ट र अन्य समानहरु बोकेको अनि जडान गर्न आउने कर्मीहरुलाई पनि गाउँलेहरुले नै मिलेर खानाको व्यवस्था मिलाइदिएको बताउंदै पार्टीको पक्षबाट अहिले सम्म एउटा सिन्का भाँचि काम नभएको पार्टी सह सचिव बिकाश राईले जनाएको छ | अन्तमा गाउँलेको पक्षमा बिकाश राई, बिराज राई, विधेन तामांग अनि सरोज राईले हाम्रो निम्ति गाउँसम्म पुग्ने बाटोको समस्या सबै भन्दा महत्वपूर्ण रहेकोले हामी जुनै हद सम्म जान सक्छौं भन्दै कुनै पनि सक्षम राजनैतिक दलहरुले यदि हाम्रो बाटोको समस्या समाधान गर्न सक्छ भने हामी सम्पूर्ण ग्रामबासीले नै उनीहरुलाई स्वागत गर्छौं र उनीहरुलाई समर्थन गर्नेछौं भनी बताएको छ |
राजनैतिक दलहरुको निम्ति धरातल नै यस्तै गाउँ बस्तीहरु रहेकोले यिनीहरुको प्राथमिक आवश्यकताहरुलाई ध्यान दिएर समाधानको निम्ति पहल गरिदिए हरेक चुनावको समय गाउँ – गाउँ पसी भोटको निम्ति नेताहरु हात जोरीबस्ने आवश्यकता पर्ने थिएन भने शुन्तले ग्रामबासीले अहिले गरिरहेको कुनै धर्ना भन्दा ठुलो श्रमदानको महत्व बुझेर क्षेत्रको सभासद या कुनै नेतृत्वले स्थलको निरीक्षण गर्दै समस्या बुझ्न जरुरी रहेको देखिएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?