मङपू कृषि उत्पादक संगठनको समिक्षा सभा

Mungpoo Krishi Utpadan Sangathan
गत वर्षको दिसम्बर महिनामा राष्ट्रीय कृषि ग्रामीण ब्यांक (नाबार्ड) का चीफ जेनेरल म्यानेजर राजी घाइनको बाहुलीबाट उद्घाटन भएको मङपू महिला कृषि उत्पादक संगठन (Mungpoo Krishi Utpadan Sangathan) को एक समिक्षा सभा संगठनकै सभापति कल्पना थापा मंगरको सभापतित्वमा सम्पन्न भयो | सभामा बिशेषरुपले संगठनले स्थापना कालदेखि आजसम्म गरेको उपलब्धिहरु बारे समिक्षा गर्नु सभाको मूख्य बिषय रहेको सचिव रेणु गुरुङले जनाएको छ | हाम्रो पहाडको खस्किंदो कृषि उत्पादन संगै कृषकहरुको हक र अधिकारको निम्ति चिन्तन औ मनन गरेर २००७ मा स्थापना भएको कालेबुंग कृषक कल्याण संगठनको चेतनाको बीउ मङपूमा आइपुग्दा धेरै अपवादहरुको सामना गर्नु परेको तितो सत्यहरुको पनि सभामा चर्चा गरियो | कालेबुंग कृषक कल्याण संगठनकै सहयोगले बर्तमान मङपू कृषि उत्पादन संगठनले एउटा राष्ट्रीय मान्यता प्राप्त कृषि सहयोग संस्था नाबार्डसंग जोडेर कृषि कार्य गर्ने दिशातिर अग्रसर भइरहेको जानकारी सचिवले सभामा जनाए | यो संगठनलाई पंजीकृत ट्रस्ट बनाएर नाबार्डकै दिशा निर्देशमा संचालन गर्न हेतु धेरै कोशिश गरेपछि, यस संगठनको पंजीकरण गराउने प्रक्रिया लगभग पुरा भइसकेको अव्गात सम्पूर्ण सदश्यलाई गराइयो | उपलब्धिहरु प्रकाश पार्दै संगठनका सदस्या शान्तिदेवी सुब्बाले गठनकालको छोटो समयभित्र पनि प्रशिक्षित महिला सदस्याहरुले गरेको तरकारी खेती, बन्द कोपी, फूलकोपी, ब्रोकाउलीबाट सन्तोषजनक आय आर्जन गर्न सकेको बताए | सभामा आमन्त्रित केकेकेएसका प्रतिनिधि रबिन योन्जनले नाबार्ड द्वारा प्रायोजित अनि केकेकेएसको आयोजनामा सम्पन्न भएको जिल्ला स्तरीय हाजिरी जवाब प्रतियोगितामा आर आर ब्लककै प्रतिनिधि भएर अंश ग्रहण गर्दै दोश्रो पुरस्कार हत्याउन सफल भएकोमा संगठनलाई बधाई टक्राए | अब हुने राज्य स्तरीय प्रतियोगितामा यो संगठनको पनि चयन भएकोमा हर्ष प्रकट गर्दै सफलताको अग्रिम शुभकामना दिए | बुनु राई द्वारा संचालित यो सभालाई सुमन गुरुङ अनि मङपू फार्मर्स क्लबका संयोजक रुपेश मंगरले पनि सम्बोधन गरेका थिए || 

गत वर्षको दिसम्बर महिनामा राष्ट्रीय कृषि ग्रामीण ब्यांक (नाबार्ड) का चीफ जेनेरल म्यानेजर राजी घाइनको बाहुलीबाट उद्घाटन भएको मङपू महिला कृषि उत्पादक संगठन (Mungpoo Krishi Utpadan Sangathan) को एक समिक्षा सभा संगठनकै सभापति कल्पना थापा मंगरको सभापतित्वमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.