सिन्कोनाबासीले दिए म्यानेजर बराइलीलाई अन्तिम श्रधान्जली

Last journey to cinchona manager Naresh Kumar Baraily
मङपू, ११ जुलाई, राजेश थापा:  गत शनिबार राष्ट्रीय राजमार्ग १० एको सेतीपूल नजिकको पहिरोमा दुर्घटनामा परि ज्यान गुमाएका सिन्कोना बगान व्यवस्थापक नरेश कुमार बराईलीको पार्थिव शरीर आज सिलिगुडीदेखि मङपू रेशेप बिभाग स्थित उनको मूल घरमा ल्याई अन्तिम संस्कार गरिएको छ | स्वर्गीय बराइलीलाई अन्तिम श्रधान्जली दिन सम्पूर्ण सिन्कोना विभागहरुबाट कर्मचारी, अधिकारी, शुभचिन्तक अनि आफन्तजनहरु भेला भएका थिए | सिटोङ लाठपन्चरका सिन्कोनाबासीहरु कालीझोडामा बाटोको दुई किनारमा हातमा खादा माला लिएर पर्खेर बसेका थिए | यसरी नै मङपू विभागको चौरस्ता, निर्मला चौक, काउले गोलाई, व्यवस्थापक बङलो, नालीडांडा, रेशेप बजार, कटुवाल गोलाई हुँदै उनको मूल घरसम्म नै प्रत्येक विभागका कर्मचारी, अधिकारी लगायत हजारौं मानिसहरु हातमा फुलमाला अनि खादा लिएर दिवांगत व्यवस्थापक नरेश बराइलीलाई श्रधान्जली दिन बसेका थिए भने आज पहाड अनि समतलका विभिन्न क्षेत्रहरुबाट आएका उनका शुभचिन्तक, आफन्तजनहरुले स्वर्गीय बराइलीलाई अश्रुपूर्ण अन्तिम श्रधान्जली दिएको थियो | उनको बर्णनमा शब्द थाक्छ, सिन्कोना उद्योगले दुर्भाग्यको पर्कास्टमा सिन्कोनाको निम्ति मरिमेट्ने एक जुझारु व्यवस्थापक हराइ पठाएको छ जसले सिन्कोना बगानमा एउटा पुरिंदै नपुरिने खाल्डोको श्रृजना भएको छ |   

सम्पूर्ण सिन्कोना विभागहरुमा विभागीय अधिकारीको पदभार, सहब्यवस्थापक, व्यवस्थापक प्रभारीको पदभारहरु सम्हाल्दै २०१५ को मार्च महिना देखि पूर्ण रुपले व्यवस्थापकको पदभार सम्हालेर बसेका नरेश बराइलीले व्यवस्थापकको कार्यलयमा आएका कसैलाई पनि निराश बनाएर नपठाउने, मिस्ठभाषी, सरल जीवन, अनुशाशित, धेरै ठुलो सम्पर्क क्षेत्र राखेका, सृजनशील व्यक्ति, भेदभावदेखि टाडा रहेका व्यवस्थापक हरेक संघ – संस्था, राजनैतिक दल, व्यक्ति बिशेषहरुसित समझदारी अनि आत्मीय भावले काम गरेको प्रमाण स्वरूप आज विभिन्न राजनैतिक दलहरुका नेतृत्वहरु, विभिन्न कार्यलय, संघ संस्थाका पदाधिकारीवर्ग लगायत हजारौं मानिसहरु उनको श्रधान्जलीको निम्ति भेला भएका थिए | आँखाभरि आँशु लिएर बर्खेर झरीको पर्वाह नगरि मानिसहरु आफ्नो प्यारो व्यवस्थापकको अन्तिम दर्शन गर्न बाटोको दूई किनारमा लाम लागेर बसेका थिए | व्यवस्थापकको नाममा प्ला कार्डहरु हातमा बोकेर मानिसहरुले उनलाई अन्तिम मट्टी दिन सम्मलाई साथ दिएका थिए | मङपू प्रस्थान गरेपछि उनलाई बिभिन्न स्थानहरुमा रोकेर फूलमाला अर्पण गरिएपछि सिधै व्यवस्थापकको बङलोमा ल्याइयो जहाँ उनलाई सिन्कोना बगान निर्देशक डा० सामुयल राई, खरसाङ विधायक डा० रोहित शर्मा, सिन्कोना सभासद सामुयल गुरुङ, गोपाल रुचाल, भुतपुर्ब निर्देशक - ब्यवस्थापकवर्ग, भुतपुर्ब बिधायक एनबी छेत्री लगायत बिभिन्न सरकारी बिभागबाट आएका अधिकारीहरु साथै बरिष्ठ व्यक्तिहरुले व्यवस्थापकको पार्थीव शरीरलाई अन्तिम श्रधान्जली चदाएका थिए |
व्यवस्थापक बराइलीको निधनले सिन्कोना बगानमा अपुरणीय क्षति भएको छ, अबोप्रांत सिन्कोनाको हरेक कार्यहरुमा उनको आवश्यकता अनुभव हुनेछ भनी निर्देशक डा० सामुयल राईले जनाउदै गहिरो शोक समवेदना प्रकट गरेका छन् | यसरी नै लाब्दा विभागीय ग्याङमेन मदन राईले पनि व्यवस्थापक एक कर्तब्यनिस्ठ अनि संवेदनशील व्यक्ति थिए, उनकै निर्देशनमा नै अहिले घरि बगानले धेरै प्रगति गरेर लगेको थियो, अब हामी टुहुरो झैं भयौं भन्दै लाब्दा सिन्कोना बिभागको समस्त कर्मचारीहरुको पक्षबाट गहिरो शोक प्रकट गर्दै श्रधान्जली चडाएको छ भने मङपू विभागीय ग्याङमेन हरिप्रसाद राईले पनि व्यवस्थापक एउटा सरकारी अधिकारी जस्तो नभएर हरेक गाउँको अभिभावक सरह गाउँ घरको समस्याहरुको समाधानार्थ पनि पहल गरिदिने व्यक्ति थिए र उनले सिन्कोनाको निम्ति जुन प्रकारको कार्ययोजनाहरु सिकाएका थिए ती कार्यहरुलाई सफल बनाउन हामी माथि जिम्मेवारी आएको छ भनी बताएको छ ||

गत शनिबार राष्ट्रीय राजमार्ग १० एको सेतीपूल नजिकको पहिरोमा दुर्घटनामा परि ज्यान गुमाएका सिन्कोना बगान व्यवस्थापक नरेश कुमार बराईलीको पार्थिव शरीर आज सिलिगुडीदेखि मङपू रेशेप बिभाग स्थित उनको मूल घरमा ल्याई अन्तिम संस्कार गरिएको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.