व्यवस्थापक एनके बराईलीलाई शोक समवेदना प्रकट, सोमबार अन्तिम संस्कार गरिने

Naresh Kumar Baraily
मङपु सिन्कोना बगान व्यवस्थापक एन.के बराईलीको शनिबार दुर्घटनामा परेर मृत्यु भएपछि मङपुको विभिन्न संघ संस्थाले आज शोक सभाको आयोजन गरेर शोक प्रकट गरेका छन | गोजमुमो मङपु जोन सभापति उर्गेन शेर्पाको अध्यक्षतामा सम्पन्न भएको सभामा क्षेत्रीय सभासद रतन थापाले व्यवस्थापक एन.के बराईलीको निधनले सिन्कोना बगानलाई अपुरणीय क्षति पुगेको बताउदै दुखको यस घडीमा बराईली परिवारलाई सहन गर्ने शक्ति प्रदान गरुन भन्दै शोक सम्वेदना प्रकट गरेका छन | दुखको यस घडीमा इश्वरले सपरिवारलाई सहन गर्ने आत्माबल प्रदान गरुन भनि गोजमुमो लाब्दा मङपु समष्टिका सचिव रतन लामाले शोक प्रकट गरेका छन, यस्तै गरि एन.के बराईलीले लाटपन्चर सिन्कोना बगानमा पनि २००७ देखि २०१५ आठ बर्ष सम्म कुशल व्यवस्थापकको पदभार निभाएकोमा लाटपन्चरको श्रमिक कर्मचारीवर्गको पक्षमा दार्जीलिंङ तराई डुवर्स प्लान्टेश्न लेबर युनियन लाटपन्चर युनिटका मूल सचिव नबिन चामलिंङ, दार्जीलिंङ तराई डुवर्स प्लानटेश्न लेबर युनियन केन्द्रिय समिति सचिव गगन राईले पनि गहिरो शोक सम्वेदना प्रकट गरेका छन
| यस्तै गरि राज्यका सत्तासिन पार्टी तृणमूल कंग्रेसका भात् संगठन दार्जीलिंङ सिन्कोना प्लान्टेशन वार्कस्र युनियन जिल्ला सभापति किरण ब्लोन अनि मङपु युनिट सभापति आशिषदीप राई, सचिव संजय थापाले पनि गहिरो शोक प्रकट गर्दै व्यवस्थापक बराईली सिन्कोना बगानको कुशल शासक रहेको जनाए | उनको मृत्युले मङपु अनि सिन्कोना बगानलाई ठुलो क्षति भएको जनाउदै टीएमसी युवा एकाई,टीएमसी महिला संगठन अनि आरआरब्लक टीएमसी सचिव पवन बलले गहिरो शोक सम्वेदना प्रकट गरेका छन | 

व्यवस्थापक एन.के बराईलीको पार्थिव शरीरलाई आज सिलगडी उनकै बासस्थानमा राखियो भने भोली सोमबार उनको शवलाई मङपु जन्मथलोमा ल्याई अन्तिम संस्कार गरिने भएको छ |

मङपु सिन्कोना बगान व्यवस्थापक एन.के बराईलीको शनिबार दुर्घटनामा परेर मृत्यु भएपछि मङपुको विभिन्न संघ संस्थाले आज शोक सभाको आयोजन गरेर शोक प्रकट गरेका छन |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.