चन्द्रकला राईले सरस्वती विधालयमा शिक्षक प्रभारीको पद ग्रहण गरे

Saraswati Higher Secondary School
Saraswati Higher Secondary School
मङपूको सबैभन्दा पुरानो माध्यमिक अनि उच्च माध्यमिक शिक्षा केन्द्र सरस्वती उच्चतर माध्यमिक बिधालयमा भुत पुर्व प्रधान अध्यापक एनबी छेत्रीले अवकाश लिएपछि यस प्रधान अध्यापकको नियुक्ति ठप्प रहेको विधालयमा केही बर्षदेखि शिक्षिका  देविका तामांगले शिक्षक प्रभारीको पद सम्हाल्दै विधालय संचालन गरिरहेकी थिइन भने उनको  अवकाशपछि रिक्त रहेको शिक्षक प्रभारी  अथवा पदमा जुलाई १ देखि शिक्षिका चन्द्रकला राईले आधिकारिक रुपमा शिक्षक प्रभारीको पद ग्रहण गरेकी छिन् | प्राय: २४ वर्ष देखि यस विधालयमा शिक्षिकाको रुपमा कार्यरत राईले पद ग्रहण गर्न पहिले यहाँको मङपू गुम्बामा गई पुजा अर्चना गरे पश्चात पुराना गुरुबरहरु क्रमैले भूतपूर्व शिक्षक केबी गिरी, देविका तामांग भूतपुर्व प्रधान अध्यापक एनबी छेत्रीको बासगृहमा पुगी खादा माला अर्पण गर्दै आशिर्वाद मागेकी थिइन् |
चन्द्रकला राई शुरुदेखि नै एक योग्य अनि कर्तव्यनिष्ठ शिक्षिका रहेकोले यस बिधालयमा उनी शिक्षक प्रभारीको पदभार ग्रहण गरेको खबर सुन्नसाथ विधालयका शिक्षक – शिक्षिका साथै सचेत नागरिकहरुले उनलाई बधाई दिनको साथै बिधालयले एक योग्य शिक्षिक प्रभारी पाएको मनसाय पोखेका छन् | शिक्षिका राईले अहिलेसम्मको शिक्षण पेशामा धेरै उपलब्धिहरु अघावै कमाइसकेकी थिइन् | उनको बारेमा भन्नु पर्दा शैक्षिक योग्यता एमए बीएड, भूगोल विषयमा एमए गर्ने मङपूबाट प्रथम महिला हुनको साथै यसै विधालयका भूतपूर्व छात्रा पनि हुन् | बिधार्थी जीवनदेखि नै विधालयको विभिन्न विधामा सक्रिय रहेको शिक्षिका राई आफ्नो समयमा बिधालयको तर्क प्रतियोगितामा सर्वश्रेष्ठ वक्ता पनि थिइन | उनी अल इण्डिया रेडियो खरसाङको रेडियो आर्टिस्ट पनि रहेकी थिइन | यसरी नै उतरबंग विश्वविधालयको वार्षिक क्रिडा संगममा जेभ्लिन थ्रो, एक सय मिटर दौडमा पनि प्रथम पुरस्कार थापेकी हुन् | यति मात्र नभएर शिक्षिका राई पश्चिम बङ्गाल माध्यमिक शिक्षा बोर्ड माध्यमिक परिक्षाको प्रमुख परिक्षकको रुपमा गत चार वर्षदेखि कार्यरत छन् | शिक्षिका राईले पहिले यसै विधालयमा १९८५ सालमा एक वर्ष सेवा गरेकी थिइन भने पछि १९८९ मा यहाँको अर्को शैक्षिक संस्थान ज्ञानपीठ विधालयमा एक वर्ष डेपुटेशन शिक्षिकाको रुपमा सेवारत थिइन | १९९२ सालदेखि सरस्वती बिधालयमा भूगोल विषयमा शिक्षिकाको पदमा कार्यभार सम्हालेपछि २००२ मा सरस्वती कन्या विधालयमा शिक्षिका प्रभारीको कार्यभार पनि सम्हालेकी थिइन | आफुले आज सरस्वती उच्चतर माध्यमिक विधालयमा शिक्षिका प्रभारीको पदभार सम्हालेपछि यस विधालयको पुरानो गरिमा फर्काइ ल्याउने बचन बद्दता उनले जाहेर गरे भने यस विधालयमा मोडेल स्कूल निर्माण गरिदिएकोमा जीटीए प्रमुख बिमल गुरुङ अनि क्षेत्रीय सभासद रतन कुमार थापा प्रति पनि उनले आभार प्रकट गरेकी छिन् ||

मङपूको सबैभन्दा पुरानो माध्यमिक अनि उच्च माध्यमिक शिक्षा केन्द्र सरस्वती उच्चतर माध्यमिक बिधालयमा भुत पुर्व प्रधान अध्यापक एनबी छेत्रीले अवकाश लिएपछि यस प्रधान अध्यापकको नियुक्ति ठप्प रहेको विधालयमा केही बर्षदेखि शिक्षिका देविका तामांग

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.