तृणामूल कांग्रेसको सभामा ७४ धुराबाट टीएमसीमा सामेल

Trinamool Congress Flag
बर्तमान दार्जीलिंगको सत्तारुढ दल गोजामुमो नेतृत्वबाट जन आकांक्षा पुरा हुन नसक्ने राजनैतिक विमर्श गर्दै उत्कर्षमा पुगेको अराजकतालाई साम्य गरी गणतन्त्रको निर्माण, भ्रष्टचार निर्मूल, राजनैतिक भेदभाव निर्मुल पार्ने नारा सहित लाब्दा मङपू समष्टि भित्र गाउँ पसौं अभियानको थालनी गर्दै आइतबारदेखि गाउँमा पसेर मानिसहरुसित वर्तमान राजनैतिक, आर्थिक, सामाजिक आलोचना गर्दै सभा राख्न थालेको छ | आइतबार लाब्दा मङपूसमष्टि अन्तर्गत ७४ धुरामा जन सम्पर्क गर्दै अगमसिंह गिरी बिधालय मैदानमा त्रिनामूल पार्टीको साधारण सभा सम्पन्न भयो |
लाब्दा मङपू समष्टि टीएमसी सभापति केएस छेत्रीको सभापतित्वमा सम्पन्न सभामा बर्तमान शासित दल गोजमुमोबाट जनआकांक्षा पुरा नभएको अनि आन्दोलनबाट जनस्तरमा देखा परेको नैराश्यलाई ७४ धुराका आम नागरिकहरुले अघि ल्याए | सभामा जातीय अभिष्टको लडाई गोर्खाल्याण्डको आन्दोलनमा आफूहरुले साथ दिए पनि जीटीए गठनपछि गोजमुमो नेतृत्व पक्षबाट सिन्कोना बगानमा पदोन्नति र नियुक्ति प्रक्रियामा ज्येष्ठतालाई किनाराकृत गरी कनिष्ठ्तालाई पदोन्नति गरेको गुनासो सिन्कोना श्रमिक रवि तामांगले गरेको छ | रवि तामांगको भनाईमा बर्तमान कमानको अवस्था ठीक छैन, राजनैतिक भेदभाव चल्छ | कमानमा खट्ने लाटाहरु मात्र छ, चनाखोहरु हल्का काममा छ | ग्याङमेनहरुको खेलैचीले गर्दा आफूहरु इमान्दारी भएर काम गर्दा पनि भिक्टिमाइज हुनु परेको बताउछन् | राजनैतिक अराजकता शृष्टि भएपछि लाटा सोझा श्रमिकहरु शिकार हुँदा आर्थिक मर्कामा परेको उनको भनाई छ | आफू बगानमा ज्येष्ठताको आधारमा भएपनि पदोन्नतिको लागि पैसा मागिरहेको गुनासो पोखे | उनले थप भने पदोन्नति खुलिन्दा जसले नेतृत्ववर्गलाई मोबाइल, स्कूटर, छोरा छोरीको बिहेमा खसी दिए उनीहरुको मात्र पदोन्नति भएको आरोप छ | यसो हुँदा उनीहरु उचित न्याय खोज्दै टीएमसी पार्टीको झण्डा समाउन आएको बताउंदै टीएमसी पार्टीको झण्डा ग्रहण गरे | यसरी नै ७४ धुरा निवासी अमर तामांगले पनि मङपूको समस्याहरु स्पष्ट बुझेर टीएमसी पार्टीको झण्डा लिएको छ भने उनीहरु बाहेक १२ जनाले टीएमसी पार्टीको झण्डा ग्रहण गर्दै पार्टी भित्र ७४ धुरा प्रशाखाका पार्टी कन्भेनर धिरेन तामांग अनि टीएमसी पार्टी युनियन कन्भेनर रवि तामांग अनि अमर तामांग चुनिएका छन् |
जीटीएमा संवैधानिक अक्षमता देखाउंदै जीटीएले एउटा होमगार्ड धरि नियुक्ति दिन नसक्ने वास्तविकता दार्जीलिंग सिन्कोना प्लान्टेशन वकर्स युनियन कार्यकारिणी सभापति किरण ब्लोनले बताए | ममताको सरकार उदारवादी भएको जनाउंदै अब राज्यमा २२ लाख युवाहरुलाई नोकरी दिने जानकारी गराउंदै यता दार्जीलिंगलाई भने जातीय भावनाको राजनीतिले २१ वर्ष डुबाएको बताए | गोजमुमो पार्टी ठेकादारहरुको पार्टी भएको नेताले युवाहरुलाई सरकारी नोकरी दिन नसकेको बताएका छन् | आन्दोलनको परिणाम बेरोजगार, आर्थिक चपेट, सामाजिक विकृति, भेदभाव रहेको उनको ठहर छ | जातीय पहिचान गोर्खाल्याण्ड आन्दोलन गर्ने नेतृत्वहरुमा प्रदर्शित क्षमता माथि नै शंका गर्ने टीएमसी तक्दाह ब्लक सचिव पवन बलले टीएमसीले गोर्खाल्याण्डको विरोध होइन तर मोर्चा नेतृत्वको कार्यप्रणालीलाई विरोध गरेको बताए | गोर्खाल्याण्ड माग्ने प्रक्रिया ठीक नभएकै कारण गोर्खाल्याण्ड आन्दोलन ओरालो लाग्ने बिन्दुमा पुगेको पवन बलको भनाई छ | 
टीएमसीलाई मोर्चाले गोर्खाल्याण्ड विरोधी भन्छ तर मोर्चाले कहिले गोर्खाल्याण्ड ल्याउँछ ? कहाँबाट ल्याउँछ ? प्रश्न गरेका छन् |
पार्टी प्रबन्धनतिर लाग्दै शरु गरिएको यस सभामा दार्जीलिंग सिन्कोना प्लान्टेशन वकर्स युनियन लाब्दा मङपू समष्टि सभापति संजय थापा, पार्टी सभापति केएस छेत्री, महिला सचिवा रेजिना गुरुङ आदिले पनि सम्बोधन गरेका थिए ||

बर्तमान दार्जीलिंगको सत्तारुढ दल गोजामुमो नेतृत्वबाट जन आकांक्षा पुरा हुन नसक्ने राजनैतिक विमर्श गर्दै उत्कर्षमा पुगेको अराजकतालाई साम्य गरी गणतन्त्रको निर्माण, भ्रष्टचार निर्मूल, राजनैतिक भेदभाव निर्मुल पार्ने नारा सहित लाब्दा मङपू समष्टि

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.