भोलिन्टियर शिक्षक मुभमेन्ट कमिटिको सभा

Teachers logo symbol
सरस्वती कन्या विधालय मङपुको प्रेक्षागृहमा सकुन शर्माको अध्यक्षतामा मुभमेन्ट कमिटिको एक आवश्यकीय सभा बस्यो | सभमा मङपुका तिनैवटा बिधालयहरु सरस्वती उच्चतर बिधालय, शारदा उच्चतर विधालय अनि ज्ञानपीठ उच्चतर विधालयका भोलिन्टियर शिक्षक-शिक्षिकावर्गको उपस्थिति रहेको थियो | सभामा विघटित मुभमेन्ट कमिटिका संयोजकद्वय अमित गुरुङ अनि कविन्द्र शर्मालाई भब्य स्वागत जनाउंदै सभामा मुभमेन्ट कमिटीलाई गोजमुमो द्वारा बर्खास्त गरेकोमा घोर विरोध जनाइयो साथै सभामा अबउसो सबै भोलिन्टियर शिक्षक – शिक्षिकावर्ग एक भइ स्थायीकरणको निम्ति लागिपर्ने अनि हतास नभई एकीकृत रहनु पर्ने जनाइयो | पवन थापा द्वारा संचालित सभामा ज्ञानपीठ बिधालयबाट इशारा पाण्डे, सरस्वती बिधालयबाट अविस्कार भुजेल अनि शारदा बिधालयबाट अमिर गुरुङले आ – आफ्नो बक्तब्य प्रस्तुत गरेका थिए | मङपुका सम्पूर्ण शिक्षक – शिक्षिकाहरु मुभमेन्ट कमिटिसित छ र उनीहरुको छत्रछायाँमा बसेर स्थायीकरणको निम्ति आन्दोलन अघि बढाउने आजको सभाले निर्णय लिएको छ ||

सरस्वती कन्या विधालय मङपुको प्रेक्षागृहमा सकुन शर्माको अध्यक्षतामा मुभमेन्ट कमिटिको एक आवश्यकीय सभा बस्यो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.