मङपुमा पनि मोर्चाको १२ घण्टे बन्दको असर

Morcha 12 hrs Strike in Mungpoo
आज गोर्खा जनमुक्ति मोर्चा द्वारा बंगाल मुख्यमन्त्री ममता ब्यानार्जीको बयानको बिरोध गर्दै डाकिएको १२ घण्टा पहाड बन्द मङपु क्षेत्रमा पनि शान्तिपुर्वक पालन गरियो | बिहानको छ बजेदेखि शुरु भएको बन्द अवधि मङपुको केन्द्र मानिने नालीडांडा बजार अनि रेशेप बजारमा सम्पूर्ण दोकानहरु बन्द रहेर पूर्णरुपले शुन्यता छाएको थियो | यसरी नै क्षेत्रका सम्पूर्ण विधालयहरु, सरकारी कार्यलयहरुमा पनि बन्दको असर परेको देखियो भने सिन्कोना बगानका कार्यलयहरुमा मोर्चा समर्थकहरुले ताला सिल्ड गरिदिएको थियो, प्राय: ९० प्रतिशत कर्मचारी, मजदुरहरु पनि स्वेच्छाले काममा नगएको जानकारी छ भने टीएमसी समर्थकहरुले पुलिससितै ती शिल्ड तोडेपछि कतिपय कर्मचारीहरु बाध्यतावश हिंडेरै आफ्नो सम्बन्धित कार्यलयतिर केही क्षण भएपनि पुगेका थिए | यसको साथै मङपु लाब्दा समष्टिभित्रनै पर्ने एनएचपीसी, हाइवे बेल्टतिर पनि बन्दको असर परेको समाचार छ | सडकमा इमर्जेन्सी गाडीहरु बाहेक अन्य गाडीहरु देखिएन भने कहीं कतै टीएमसी समर्थकहरुका गाडीहरु झण्डा लगाएर डुलेको पाइयो | बन्दकै सन्दर्भमा मोर्चा मङपु लाब्दा समष्टि सभापति उर्गेन शेर्पाले बन्द शत प्रतिशत सफल भएको बताउंदै मोर्चा त्यसैपनि पहिलेदेखि नै बहुमतमा रहेको पार्टी हो र आजको बन्दलाई सफल बनाउनमा साथ दिने ब्यापारी संगठन, चालक संघ, मोर्चा शिक्षा विभागको युनियन लगायत मङपुका सम्पूर्ण जनतालाई धन्यबाद प्रकट गरेका छन् | यसरी नै सचिव रतन लामाले पनि बन्द सम्बन्धि बोल्दै बङ्गाल सरकारको गोर्खाहरु माथिको कोल्टे नीतिलाई विरोध गर्दै मोर्चाले आफ्नो मौलिक अधिकार गणत्रान्त्रिक ढंगमा शान्तिपुर्वक बन्द पालन गरेको समय टीएमसीका केही समर्थकहरुले पुलिस प्रशासन लगाएर शिल गरिएको तालाहरु फोर्ने काम गरेपनि पछि मोर्चा कर्मचारी युनियनका पधाधिकारीहरुले गएर सम्झाउंदा सम्बन्धिक अधिकारीहरुले पुन: शिल लगाइदिएको जानकारी दिएको छ भने मङपुमा मोर्चा अझै पनि बहुसंख्यामा रहेको कारण बन्द एकदमै शान्तिको साथ सफल भएको जनाए | युनियन महासचिव गगन राईले पनि शिल्ड गरिएको तालालाई पुलिश प्रशासन लगाएर टीएमसी क्याडरहरुले तोडेकोमा घोर विरोध गर्दै गणत्रान्त्रिक देश भारतमा जनताको मौलिक अधिकारलाई यसरी हनन गर्ने प्रथा अब समाप्त गर्नु पर्छ, प्रशासनको आडमा राजनीति गरेर हाम्रै दाजु भाईले पहाडमा कालो शासनलाई स्वागत गरिरहेको जनाए | यसरी नै समष्टि सभासद रतन कुमार थापाले पनि बन्द सम्बन्धि बोल्दै पहाडको सम्पूर्ण जनतानै गोर्खाल्याण्डको मागमा समर्पित रहेको साथै बङ्गाल सरकारको विरुद्धमा रहेकोले गोर्खाल्याण्डको निम्ति जुनै पनि हदसम्म जाने बताए | यसैको फलस्वरूप आजको बन्द सफल भएको बताए | सरकारले गोर्खालाई जति नै टुक्राउने कोशिश गरेपनि गोर्खाको अन्तर्मनमा एकता र गोर्खाल्याण्ड प्रतिको मोह कहिले पनि मेटाउन नसक्ने बताउंदै आजको बन्दलाई सरकारले गणत्रान्त्रिक ढंगमा गरिएको जनताको मौलिक अधिकार बन्दलाई विफल बनाउन पुलिस प्रशासनदेखि लिएर मन्त्रीहरु समेत पहाडमा पठाए पनि गोर्खाहरुले आफ्नो एकता देखाइदिएकोमा हर्ष प्रकट गर्दै सम्पूर्णमा धन्यबाद जनाउंदै गोर्खाल्याण्डको निम्ति आउँदो दिनहरुको आन्दोलनमा पनि यसरी नै एकता कायम राख्ने आह्वान गरे | यसरी नै बन्दको अघिल्लो दिन टीएमसीका कार्यकर्ताहरुले माइकिंग गर्दै अभद्र भाषा शैलीमा बोल्दै सिन्कोनाको मस्टरहरुमा बन्द संदेश दिन जाने,कार्यलयका ताला शिल्ड गर्ने मोर्चा पदाधिकारीहरुको फोटो खिचिएको छ, उनीहरुको फोटो एसपी - डीएसपीकोमा पुगिसकेको छ, भोलिको दिनमा जेलको चिसो भुइँमा बस्नु पर्ला, काममा नजाने कर्मचारी – मजदुरहरुको काम सरकारले खारेज गरिदेला भन्ने धम्कीपूर्ण कुराहरु माइकमा भनेको कुरामा आपत्ति जनाउंदै यसरी टीएमसीमा सामेल भएका हाम्रै गोर्खा दाजु भाईहरुले गोर्खाहरु माथि बङ्गाल सरकार द्वारा गरिएको अत्यचारको पर्वाह गर्नुको साटो गणतन्त्रमा खुलेआम जनतालाई माइकबाट धम्की दिएर जनताको मौलिक अधिकारलाई हनन गर्ने कोशिश गरेको बताए भने यही धम्कीले गर्दा झनै मोर्चा समर्थक साथै गोर्खाल्याण्ड प्रेमी जनतामा थप उर्जा पुगेकोले आजको ताक्निकीय युगमा जनता सबै सचेत भएकोले यस्तो धम्कीहरुदेखि नडराई झनै सम्पूर्णले स्वेच्छाले बन्दलाई पालन गरेर सरकार अनि टीएमसी नेताहरुलाई गत्तिलो थप्पड दिएको जनाए | यसको साथै उनले यसरी आफ्नै गोर्खा दाजु भाईमा पुलिस प्रशासन लगाएर अत्यचार गर्ने सरकारको साथ दिन छोडेर एकत्रित हुँदै गोर्खाहरुको एकमात्र माग गोर्खाल्याण्डको आन्दोलनमा सामेल हुन आऊ भन्दै स्वागत जनाएको छ | यो बन्द डाकेर अनि सफल बनाएर मोर्चा अध्यक्ष बिमल गुरुङले ममता ब्यनार्जीलाई गोर्खा एकता देखाइ दिएको छ र यो ममताको निम्ति चेतवानी हो कि जति नै पैसा फ्याँकेर, जात जातमा टुक्राएर गोर्खा एकता टुटाउने कोशिश गरे पनि मोर्चालाई माया गर्ने अनि गोर्खाल्याण्डको मागमा अघि आउने जनता पहाडमा कहिल्यै नटुट्ने बताउंदै अध्यक्ष गुरुङले यस्तै आन्दोलन गरेर सरकारलाई बारबार झस्काउदै गोर्खाल्याण्ड मागलाई तिब्र गर्नु पर्ने मन्तब्य सभासद थापाले पोखेका छन् | बन्द अवधि सोसियल नेटवर्किंगतिर फलाम गरम हुँदा नै हतोड़ा मार्नु पर्ने अर्थात यहाँदेखि नै गोर्खाल्याण्डको महा आन्दोलन छेड्नु पर्ने कुरामा के मन्तब्य छ भनी जान्न चाहँदा उनले यसलाई जनताको भावनासंग सम्बन्धित कुरा हो र हामीले गोर्खाल्याण्ड जस्तो महत्वपूर्ण कुरालाई आवेशमा आएर आन्दोलन गर्नु नहुने र गोर्खाल्याण्डको मागलाई सबै संगठित भएर पूर्ण योजना अनुसार आन्दोलन गर्नु पर्छ नत्र आन्दोलन भाँडिने बताउंदै यो बन्दले गोर्खा समुदायमा झनै गोर्खाल्याण्ड प्रतिको एकता बनाउने काम गरेको छ र यसै अनुरुप अध्यक्ष गुरुङले नै बाँकीको आन्दोलनको रुपरेखा तयार गर्ने उनले जनाएको छ || 

आज गोर्खा जनमुक्ति मोर्चा द्वारा बंगाल मुख्यमन्त्री ममता ब्यानार्जीको बयानको बिरोध गर्दै डाकिएको १२ घण्टा पहाड बन्द मङपु क्षेत्रमा पनि शान्तिपुर्वक पालन गरियो | बिहानको छ बजेदेखि शुरु भएको बन्द अवधि मङपुको केन्द्र मानिने नालीडांडा बजार अनि रेशेप बजारमा सम्पूर्ण दोकानहरु बन्द रहेर पूर्णरुपले शुन्यता छाएको थियो |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.