मङपु जन मैदानमा सम्पन्न भइरहेको यस वर्षको गोल्ड कपको पहिलो सेमी फाइनल आज क्वाटर फाइनलमा बिर्तामोड एफसीलाई जित्ने ५८ जीटीसी शिलोङ (58 GTC Shilong) बनाम क्वाटर फाइनलमा इस्ट बेंगाललाई परास्त गरि आएका शेयर एफसी कालेबुङ माझ सम्पन्न भयो | भारी दर्शकहरुले भरिएको जनमैदानमा सम्पन्न आजको म्याचमा दुवै दलले असल प्रदर्शनी गरे | हजारौं दर्शकहरुको चेयरअफ पाएको शेयर एफसीलाई शिलोङको टीमले शुरुदेखि नै दबावमा राख्दै धेरै चोटि गोल पोस्टमा आक्रमण गरेका थिए | शेयर एफसीलाई शिलोङ टोलीको सामना गर्न चर्को नै परेपनि सजिलै गोल गर्न भने दिएनन् | यसरी नै पूर्वार्धको खेलमा कूनै पनि दलले गोल गर्न सकेनन् | उतरार्धको खेल शुरु भएको केही समय नबित्दै ५० मिनटमा शिलोङ टीमका १५ नम्बर जर्सीधारी सचिन छेत्रीले एक गोल गर्दा खेल झनै आकर्षित र रोचक हुँदै गयो | यसरी नै पहिलो गोलको ठीक तीन मिनट बित्दा फेरि जर्सी नम्बर १२ बिकाश थापाले दोश्रो गोल गरेर आफ्नो दलको जीत प्राय निश्चित बनाएका थिए | खेलको निर्धारित समय सकिन्न लाग्दा शेयर एफसीको खेलाडी जर्सी नम्बर ११ चोछिरिव लेप्चाले एक गोल गरेर खेल अझ रौनकता बढाएको थियो | आजको धुँवादार संघर्षमा शेयरको दुई जना खेलाडीहरुले पहेंलो कार्ड पनि स्वीकार्नु परेको थियो | यसरी अन्तमा ५८ जीटीसी शिलोङ १ गोलको बिरुद्ध २ गोल गर्दै यस वर्षको मङपु गोल्डकपको फाइनल खेल्न आफ्नो स्थान सुरक्षित बनाएको छ | आज सेमी फाइनलकै अवसर पारेर आयोजक समिति मङपु बोइस क्लबले मङपुका तीन जनालाई आफ्नो कर्म क्षेत्रमा कमाएको उपलब्धिको सरहाना गर्दै सम्वर्धना जनायो जसमा दिप्ती तामांग, एसिस्टेन्ट प्रोफेसर दार्जीलिंग सरकारी महाविधालय, स्वस्तिका गुरुङ अनि सुदिपा गुरुङ लेफ्टिनेन्ट मिलिटेरी नर्सिंग सर्विस रहेका थिए | मङपुको नाम उज्ज्वल बनाउने यी छोरीहरुलाई क्रमैले मिरेन लामा, रिटायर्ड सुवेदार टीबी लेप्चा अनि क्याप्टन बलिन्द्र ब्लोनको बहुलीबाट सम्बर्धना पत्र प्रदान गरिएको थियो ||
Post a Comment
We love to hear from you! What's on your mind?