आफ्नो स्थापना दिवसको बीस वर्षे शैक्षिक कार्यक्रम अन्तर्गत सन्त मंगल एकाडेमीले पथप्रदर्शक गुरु सन्त मंगलदासको जन्मदिनको उपलक्ष्य स्वरूप एक कला प्रदर्शनी तथा स्कूल मेलाको आयोजन विधालय परिसरमा धुमधामले सम्पन्न गर्यो |
प्रदर्शनीमा विधार्थीहरुबाट निर्मित विभिन्न प्रकारका हस्तशिल्पहरु राखिएको थियो | थर्माकल, काठ, माटो, धागो, कागज, लुगा, बाँस तथा काम नलाग्ने बोतल, अन्य सामाग्रीले तयार गरिएका अनेकन हस्तशिल्पहरु हेरेर अभिभावकवर्ग मन्त्रमुग्ध बने | प्रदर्शनीमा अभिभावक कलाकारहरुबाट बनाइएका सामाग्रीहरु पनि नानीहरुका प्रेरणाको निम्ति राखिएको थियो | गोर्खा जातिका विभिन्न जात गोष्ठीले लगाउने पहिरनहरु पनि प्रदर्शनीमा राखिएको थियो | मङपुका केही प्रतिष्ठित चित्रकारहरु गणेश प्रधान, राजेन शिलाल, स्व० राजु रसाइली तथा अनुप गुरुङका परिचय सहित सुन्दर चित्रहरु नानीहरुका प्रेरणाको निम्ति प्रदर्शनीमा राखिएको थियो | यस अतिरिक्त नवौं श्रेणी द्वारा भौतिक विज्ञानका चुम्बक, प्रकाश, न्युटनका नियम, इलेक्ट्रोनिक्स अनि साधारण काम नलाग्ने मोटरहरु लिएर बनाएको रोबर्ट आदिका मुर्ति परियोजनाहरु पनि समाहित थिए | प्रदर्शनीमा विवरण तथा प्रयोग विधि सहित विभिन्न प्रकारका औषधिमुलक पौधाहरु पनि राखिएको थियो | यस बाहेक मेलामा धेरै प्रकारका मनोरन्जनात्मक खेलाहरुको साथमा विभिन्न खानपानहरुको विधार्थी साथै अभिभावकवर्गले मनोरंजन लिए ||
Photo by: Pemsang Yanchi Lama
Post a Comment
We love to hear from you! What's on your mind?