बिगत केही दिनदेखि सिन्कोना बगानको रङबी विभागको दोकान डांडादेखि चियाबारी बाँसधुरासम्म पुग्ने बाटोको खनन कार्य भइरहेको छ | यस खनन कार्यले सिन्कोनाको रङबी विभाग अनि रन्जुभेल्ली विभागमा प्राकृतिक सम्पदा र सिन्कोनाका बोटहरु जथाभावी मिचेर ल्याउँदा टीएमसी पार्टी अनि युनियनको सक्रियतामा उक्त हानी विषय जानकारी गराउंदै सिन्कोना व्यवस्थापक अनि निर्देशक समक्ष पत्रचार गरेको थियो र यसै आधारमा बिनाशको क्षतिपूर्तिको माग गर्दै पार्टीले बाटो खनन कार्यमा रोक लगाएको थियो | टीएमसीले आवाज उठाउँदा मात्र सिन्कोना व्यवस्थापनको आँखा खुलेको बताइएको छ | पार्टीले पत्रचार गरेपछि बाटो खनन कार्यमा संग्लग्न ठेकादार र कम्पनीलाई सिन्कोना निर्देशालयमा बोलाउंदा उक्त खनन कार्यको कुनै एनओसी प्राप्त नभएको जानकारी सिन्कोना निर्देशक डा० सामुयल राईले दिएका थिए | उक्त खनन कार्यको ठेकादार आरके गोयल प्राय दुई महिनाको समय बितेर जाँदा मात्र व्यवस्थापनसित सम्झौता गर्दै एनओसी प्राप्त गरि पुर्वकालमा क्षति गरिएका रुखपात र सिन्कोनाको बोटको क्षतिपूर्ति स्वरूप दुई लाख चौरासी हजार पाँच सय सत्तरी रुपियाँ भुक्तान गरेको छ | यस बाहेक खनन कार्य अवधि सरकारी पिउने पानीको नाला भत्किएको, चर्किएको र नालाको सपोर्टिङ वाल मर्मति गर्ने अथवा पाइप र टेंकी निर्माण गरिदिने लिखित जानकारी दिएको छ |
ठेकादारले बिना एनओसी विगत कसरी बाटो खन्न सक्यो सिन्कोना व्यवस्थापक र निर्देशक छक्कै परेको छ, सिन्कोनाका पुर्व निर्देशकहरुसित एनओसी लिएको कुनै तथ्यांक हात पार्न सकिएन | यसरी ठेकादारले आफ्नो इच्छामा बाटो खन्दा सिन्कोना बगानमा भएका विभिन्न राजनैतिक दल र युनियनहरुलाई चुनौती नै हो | यसरी सिन्कोना उद्योगको प्रगति गर्छौ भन्दै राजनैतिक मैदानमा उत्रिएका हिमायती र ट्रेड युनियनहरुले अनदेखा गर्नु नेतृत्व पंक्तिको दायित्व, क्षमता, दुरदर्शिता, इमान्दारिता र बैचारिक विचलनको उदाहरण हो | वास्तवमा राजनैतिक टक्राउ र नेतृत्वको होडले सिन्कोना उद्योग डुबेको हो | अब भावनात्मक डाइलग बोल्नु भन्दा यथार्थमा उत्रिएर सबै राजनैतिक दल, ट्रेड युनियन, लेखक अनि बुद्धिजीवीहरु एक सुत्रमा बाँधिएर सिन्कोना उद्योगमा भित्रिएको अराजकता, भ्रष्टचार र असुरक्षित सिन्कोना प्रति कार्यमुखी हुन आवश्यक समय आएको छ |
सिन्कोना उद्योग र स्थानीय प्राकृतिक श्रोत साधनमा स्थानीयहरुका सरोकार, अधिकार हुनुपर्ने जायज कुरा भए पनि कसैले सरोकार नराख्दा आज टीएमसी पार्टीले मात्र सिन्कोनाको क्षतिपूर्तिको माग राखेको कुरा पवन बलले बताएको छ | २०१३ मा टीएमसीले सिन्कोना बोक्रा लिलामी विषयमा वैधता जाँच्न सिन्कोना बोक्रा निर्यातलाई केही कालसम्म स्थगित राखेको र २०१७ मा इटेन्डर मार्फत सिन्कोना बोक्रा बिक्री गर्न सकेको बताउंदै यस पटक पनि बाटो खनन प्रक्रियामा ठेकादार पक्षको हातमा एनओसी छ छैन निरीक्षण गर्दा नै सिन्कोनाको क्षतिपूर्ति दिलाउन सकेको उनले बताउँदै हाम्रो टेकमा हामी सफल भएको बताए | उनले अझ बताए अनुसार अबउसो उक्त खनन कार्य निगरानी गर्न निगरानी समिति गठन भएको छ | युनियन सचिव आशिषदीप राईले जनाए अनुसार सिन्कोना बगानमा सिन्कोना प्रति सिन्कोनाबासीले नै सरोकार राख्दैनन् | राजनीतिक नेता, कार्यकर्ताहरुले जालझेल गर्दै सिन्कोना सरोकारका मुद्दाहरु किनाराकृत गरिएको छ | जनताको जीवन स्तर र सिन्कोना उद्योगको बिकाश गर्नुको साटो राजनैतिक स्वार्थका मुद्दाहरु केन्द्रित छन् | आज बिकाशको काममा टीएमसीले बाधा दियो भन्नेहरु सिन्कोनाको क्षतिपूर्तिको निम्ति किन बोल्दैनन् ? टीएमसीले आरआइडीएफ को बाटो रोकेर बिकाशमा बाधा पुराएको होइन तर बिकाश कामको वैधता जाँच गर्न सक्रियता आप्नाएको हो | टीएमसीको सक्रियताले सिन्कोना व्यवस्थापनले क्षतिपूर्ति स्वरूप २,८४५६० रुपियाँ पाएको छ र यदि टीएमसीले आवाज नउठाएको भए यो आधारविहिन काम जारी रहन्थ्यो र ठेकादारले बिना एनओससी काम गरेर सिन्कोनालाई सक्दो क्षति पुराउन्थ्यो भनि सचिव आशिषदीपले जनाएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?