मङपुमा दुई दिवाशीय बार्षिक दिपावली खेलकुद हुने

Mungpoo Annual Diwali Sports Meet  mela section
अग्रेजहरुको शासनकाल देखि तमाशा भनि शुरु गरिएको प्रत्येक बर्ष भाईटिकाको भोलीपल्ट सम्पन्न हुने बार्षिक दिपावली खेलकुद यस बर्ष पनि भब्यताको साथ् मङपु जनमैदानमा सम्पन्न हुनेछ | गत बर्ष झैँ यस बर्ष पनि मङपु खेलकुद संघको तत्वधानमा आगामी २ अनि ३ नोभेम्बर२०१६ को दिन बार्षिक दीपावली खेलकुद समारोह मङपु जनमैदानमा भब्यताको साथ सम्पन्न हुने जानकारी संघका सचिव राम पोख्रेलले जनाएका छन | उक्त दुई दिने खेलकुद समारोहको प्रथम दिन अन्तर विभागीय सिन्कोना बगान मजदुर कर्मचारी माझ विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न हुनेछ भने  खेलको शुरुमा स्थानीय विधालयहरुमाझ मार्चपास (परेड)हुनेछ जसको सलामी ग्रहण समारोहका प्रमुख अतिथि सिन्कोना बगान निर्देशक डा. सामुएल राईले गर्नेछन | प्रथम दिनको खेलमा केटाहरु माझ खुल्ला म्याराथन दौड साथै १५०० मिटर दौड खुल्ला राखिएको छ | यस्तै गरि दोस्रो  ३ नोभेम्बरको दिन अन्तर विधालय माझ विभिन्न खेलकुद साथै मार्चपास परेड प्रतियोगिता हुनेछ जसको प्रमुख अतिथि जीटीए बनविभागका सभासद एवं क्षेत्रीय रतन थापा रहनेछ | उक्त दुई दिवशीय बार्षिक खेलकुदमा हाई जम्प,लंगजम्प,छेलो हनाइ,दोरी तनाई,टपरा बुनाई साथै अन्य विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न हुनेछ | दोस्रो दिनको खेलमा केटीहरु माझ म्याराथन दौड खुल्ला राखिएका छ | यस दुई दिवशीय खेलकुदको छेवैमा मेला पनि  सम्पन्न हुने भएको उक्त मेलामा पसल थाप्न चाहने ब्यापारीवर्गलाई २६ अक्टुबर१६ को दिन बिहान १० बजे देखि जमीन बितरण गरिने जानकारी संघका सचिव राम पोख्रेलले बताएका छन | यस बार्षिक दीपावली खेलकुदमा आयोजक समिति सबै सबैलाई हार्दिक स्वागत जनाउँदछ | अर्कोतिर मङपु युथ क्लबको आयोजनमा सम्पन्न भईरहेको मङपु गोल्डकप फुटबल टुर्नामेन्ट फाईनल खेल आगामी ४ नोभेम्बर१६को दिन रंगारंग कार्यक्रमको साथ सम्पन्न हुनेछ |

अग्रेजहरुको शासनकाल देखि तमाशा भनि शुरु गरिएको प्रत्येक बर्ष भाईटिकाको भोलीपल्ट सम्पन्न हुने बार्षिक दिपावली खेलकुद यस बर्ष पनि भब्यताको साथ् मङपु जनमैदानमा सम्पन्न हुनेछ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.