मङपु गोल्ड कपको दोश्रो सेमीफाइनल आज नाइटचेस क्लब नेपाल बनाम केएफसी सिलिगुडी माझ सम्पन्न भयो | अघिल्लो म्याचहरुमा असल प्रदर्शनी दिएर सेमीफाइनल पुगेको दुवै टीमका समर्थकहरुले भरिएको मङपु जनमैदानमा आज यी दुई दलको घमासान म्याच भयो | पहिलो हाफमा प्राय: बराबरीको दबाउमा दुवै टीमले कुनै गोल गर्न नसके पनि विपक्षीको गोल पोस्टमा लगातार आक्रमण गरिएको थियो | दोश्रो हाफ शुरु भएको एक मिनट पनि नबित्दै नाइटचेस क्लबका क्याप्टन ८ नम्बर जर्सीधारी खामीर दिल्सनको दर्शनीय गोलले खेलको मजा बढेर गयो भने केएफसीको पक्षबाट पनि यसको बदलामा ५८ मिनटमा २ नम्बर जर्सीधारी सुबटोटो सोरेनले एक गोल गर्दा म्याच बराबरीमा आइपुग्यो भने यस गोलपछि खेलको रफ्तार पनि बढेर गयो | तर फेरि ६४ मिनटमा नाइटचेसको टोलीबाट जर्सी नम्बर १४ लक्ष्मन रुचालको अर्को गोलले केएफसीको टीमलाई निरास बनाइदिएको थियो | दुवै दलले गोल गर्ने पाँच भन्दा अधिक सुन्दर मौकाहरु गुमाएको म्याचमा ९० मिनटमा नेपालको टीमबाट फेरि खामीर दिलशनको तेस्रो गोलले केएफसीलाई फाइनल खेल्नदेखि बन्चित गराइदिएको थियो भने अब नाइटचेस नेपालको ४ नोभेम्बरको दिन सेमीफाइनलमा शेयर एफसी कालेबुङलाई जितेको टीम ५८ जीटीसी शिलोङसित फाइनल खेलमा घमासान भिडन्त हुने भएको छ | मङपुको वर्षको महत्वपूर्ण पर्व दुई दिवसीय वार्षिक दिपावली खेलकुदको भोलिपल्ट सांगीतिक अनि विभिन्न रंगारंगी कार्यक्रमहरु बिच सम्पन्न हुने गोल्ड कप फाइनलमा रोयल एफसी वुमन्स टीम बनाम बिनागुडी एफसी वुमन्स टीम माझ च्यारिटी म्याच पनि सम्पन्न हुने भएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?