स्कूलडांडा भजने शिशु शिक्षा केन्द्र साल २००२ मा स्थापना गरी बाँसको भाटाले बारेको, माटोले लिपेको एउटा सानो दुई कोठे भवन निर्माण गरि केन्द्रको संचालन भएको इतिहास सर्व विधित नै छ | १३ वर्षसम्म यसरी दु:ख कष्ट झेलेपछि सर्व शिक्षा मिशन, शिक्षा विभाग जीटीए दार्जीलिंगबाट यस केन्द्रको नयाँ भवन निर्माण गर्ने शुअवसर प्राप्त भयो | भवन निर्माण गर्दा थुप्रै असुविधा साथै कठिनाइहरुको सामना पनि गर्नु परेको थियो | तर क्षेत्रीय सभासद रतन कुमार थापा, बन विभागको साथमा पाठशाला उपस्थिति समिति, आमा संगठन, अभिभावक, गाउँका शिक्षा अनुरागी, उपासना स्वनिर्भर दल रोंगचोंग आदिको सक्रिय प्रयास र परिश्रम द्वारा २५ अक्टुबरको दिन नव निर्माणको निम्ति सभासद थापाको बाहुलीबाट रिबन काटेर उद्घाटन गरियो | उद्घाटन समारोहका सभापति निमा लेप्चा रहेका थिए भने समारोहमा विशिष्ट अतिथि डीके छेत्री गोजमुमो एसएसके संगठन केन्द्रीय समितिका सभापति, प्रमुख अतिथि सभासद रतन कुमार थापा रहेको थियो |
केन्द्रका प्रहान साहयिका सुनिता गुरुङले स्वागत सम्भाषण राखेको कार्यक्रममा केन्द्रका नानीहरुले प्रारम्भिक गीत, बाल गीत, कविता वाचन प्रस्तुत गरेका थिए | डीके राईले आजसम्म केन्द्रले भोग्न परेको परिस्थिति माथि चर्चा गरे | यही क्रममा सभासद थापाले यस केन्द्रको मङपुमा मात्र नभएर जिल्ला स्तरमा एउटा नमुना हो भनि बताउंदै बर्तमान यस केन्द्रमा प्राइवेट नर्सरी स्कूलहरुको स्तरमा पठन पाठन भइरहेकोमा खुशी व्यक्त गरे | यसको साथै केन्द्रको अन्य समस्याहरुलाई पनि आफ्नो पक्षबाट समाधानको पहल गरिदिने बचन दिएका छन् | यस केन्द्र निर्माण कार्यमा हात र साथ दिने सम्पूर्णलाई केन्द्रका साहायिका सविता राइले आभार व्यक्त गरे | यही सुअवसर पारेर स्कूल डांडा भजने बस्तिका सम्पूर्ण गाउँबासीले केन्द्रका दुई प्रधान साहयिका सुनिता गुरुङ अनि उनको सहयोगी सविता राईलाई खादा माला साथै साल अनि उपहार प्रदान गर्दै सम्बर्धना जनाएको छ | कार्यक्रममा मङपु क्षेत्रका लोक प्रसार प्रकल्प सुचना अनि सांस्कृतिक विभाग दार्जीलिंग द्वारा शिक्षाप्रद ज्ञानवर्धक कुराहरु लोक भाकामा सुनाएका थिए ||
Post a Comment
We love to hear from you! What's on your mind?