मङपु गोल्ड कपको आज तेश्रो क्वाटर फाइनल म्याच शेयर एफसी कालेबुङ बनाम फिक्कल नेपाल माझ सम्पन्न भयो | अति नै रोमान्चक खेलको शुरु देखि नै दुवै दलले एक अर्का माथि दबाव बनाए पनि गोल गर्न सजिलो भएन | सयौं दर्शकहरुको भीड माझ खेलिएको आजको म्याच अन्त सम्म नै चाखलाग्दो बन्यो | नेपाल भन्नसाथ भुतुक्कै जाने दर्शकहरुले आज पनि भीड कम गरेनन् | पुर्वार्धको खेलसम्म दुवै दलले विपक्षीको गोल पोस्टमा आक्रमण गरे पनि गोल गर्न सकेनन् | भरपुर कोशिशपछि उतरार्धको खेलमा प्राय: ६३ मिनट बितिसक्दा शेयर एफसीका खेलाडी जर्सी नम्बर १३ बिनोद बान्तवाको शटलाई रोक्ने सामर्थ्य फिक्कल नेपालको गोल रक्षकमा नहुँदा अन्तमा यसै गोलले फिक्कल नेपालले बाँकीको खेलहरुदेखि छुट्टी लिनु पर्यो भने यता शेयर एफसी कालेबुङ सेमी फाइनल राउण्डमा प्रवेश गर्न सक्षम बन्यो | आजको म्याचमा आफ्नो असल प्रदर्शनी दिने फिक्कल नेपालका खेलाडी छिरिङ गुरुङलाई बेस्ट प्लेयर घोषित गरियो | जम्मा तीनवटा नेपालको टिमले अंशग्रहण गरेको मङपु गोल्ड कप टुर्नामेन्टमा क्वाटर फाइनल राउण्डदेखि बिर्तामोड एफसीपछि आज फिक्कल नेपाल दोश्रो टीम हो जुन टीमहरुले अब बाँकीको म्याचहरु खेल्न पाउनेछैन भने अब १९ अक्टुबरको म्याचमा नेपालको अर्को टीम नाइटचेस नेपालको मुठभेड सीएफसी भुटानसित हुनेछ | भुटान खेल्ने म्याच वास्तवमा ढाका बंगलादेशको थियो भने ढाकाको टीमलाई भिसाको समस्या भएको हुनाले अंशग्रहण गर्न असमर्थ भएको कारण यसको स्थानमा सीएफसी भुटानलाई खेलाइएको आयोजकको पक्षबाट मन्जय गुरुङले जानकारी दिएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?