नयाँ ब्यावस्थापक जे सादालाई लाब्दा कमानमा स्वागत

Cinchona Manager J sada with Madan Rai
व्यावस्थापक जे सादालाई आज लाब्दा सिन्कोना बगान मस्टरमा पहिलो पल्ट स्वागत गरियो | मङपु सिन्कोना बगानका पुर्व ब्यावस्थापक स्वर्गीय नरेश कुमार बराइलीको असामयिक निधनपछि अलपत्र परेको व्यावस्थापनलाई सुचारु गराउन सहव्यवस्थापकको कार्यभार सम्हालिरहेको सादालाई केही महिना अघि पूर्णरुपले व्यवस्थापकको पदभार सुम्पिएको छ | व्यवस्थापक सादा केही महिना अघिसम्म गैरीबास सिन्कोना बगानमा पनि सहव्यवस्थापकको पदभार सम्हालिसकेका छन् | उनी लाब्दा कमानकै एक भुमिपुत्र व्यवस्थापक रहिआएको हुँदा उनी व्यवस्थापक भएको खुशीमा आज लाब्दा सिन्कोना बगानले पहिलो पल्ट स्वागत जनाएको छ | विभागीय कार्यलयका कर्मचारी लोकमणि शर्माले संचालन गरेको कार्यक्रममा विभागीय ग्याङमेन प्रभारी मदन राईको सभापतित्व रहेको थियो भने कार्यलय किरानी हिर्देन खड्काले स्वागत सम्भाषण राखेका थिए | कार्यलय किरानी कमल किशोर राई, हिर्देन खडका, बगान दफादर साथै कर्मचारी – मजदुरहरुको उपस्थिति रहेको कार्यक्रममा प्रथमत: ग्याङमेन प्रभारी मदन राईको बहुलीबाट व्यवस्थापक सादालाई फूलमाला साथै ढाका टोपी पहिराइदिएर संधै शीर उच्च बनोस भनि शुभकामना चडाए भने यसपछि सम्पूर्ण कर्मचारी अनि मजदुरहरुले पनि खादामाला चडाउँदै नयाँ व्यवस्थापकलाई स्वागत अनि शुभकामना चडाए | आफ्नो सम्बोधनमा व्यवस्थापक सादाले लाब्दा विभागले दिएको यो सम्मानले ममाथि अझै थप जिम्मेवारी थपिएको बताए भने आउँदो दिनहरुमा सम्पूर्ण कर्मचारी – मजदुरहरुको हात र साथ मिले आफुलाई व्यवस्थापनको कार्य सम्हाल्न धेरै नै सजिलो हुने बताए | लाब्दा कमानमा नै हुर्केका व्यवस्थापक सादालाई ग्याङमेन प्रभारी मदन राईले पनि आउँदो दिनहरुमा लाब्दा सिन्कोना बगानलाई प्रगतिको दिशामा लानलाई आशावादी रहेको जनाए ||  

व्यावस्थापक जे सादालाई आज लाब्दा सिन्कोना बगान मस्टरमा पहिलो पल्ट स्वागत गरियो | मङपु सिन्कोना बगानका पुर्व ब्यावस्थापक स्वर्गीय नरेश कुमार बराइलीको असामयिक निधनपछि अलपत्र परेको

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.