नोटबन्दी सम्बन्धी सुव्यवस्थापनको पक्षमा मङपुमा टीएमसीको जुलुस

TMC Rally against Modi notebandi in Mungpoo
देशको प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा घोषित आतंकवाद र कालो धन रोकथाम गर्न विगत ८ नोभेम्बर रातिदेखि १००० र ५०० को नोट चलन चल्तीमा प्रतिबन्ध लगायो | प्रधानमन्त्रीको घोषणाले राष्ट्रीयव्यापी ब्यांक र एटीएमहरु बन्द हुँदै आम नागरिक, ब्यापारी, श्रमिक, कर्मचारी, विधार्थी अनि श्रमजीवीहरु मर्कामा परेको राष्ट्रीय मिडियाहरुले सार्वजनिक गरिरहेको छ | यस काण्डलाई छानबीन गरी पश्चिम बङ्गाल मुख्यमन्त्री ममता ब्यनार्जीले मोदीको नोटबन्दीले गर्दा आम नागरिकहरुले दु:ख पाइरहेको बोध गर्दै देशमा ५ % आतंकवादले गर्दा १५ % जनसाधारणले नै दु:ख भोग्न परिरहेको बताउंदै राष्ट्रीयव्यापी प्रतिक्रिया दिन थालेको छ | मुख्यमन्त्रीको प्रतिक्रियामा मोदीको नोट बन्द घोषणाले आतंकवादी होइन सट्टामा साधारण नागरिकहरु नै ज्यादा पिरोलिरहेको बताएका छन् | यसै सन्दर्भमा पार्टी हाइ कमाण्डको आदेश पालन गर्दै मङपु टीएमसी पार्टीले आज मङपुमा नोट बन्दले आम नागरिक मर्कामा नपरोस भन्दै निर्मला चौकदेखि कटुवाल गोलाईसम्म जुलुस निकाल्यो | जुलुसमा टीएमसी समर्थकहरुले हातमा प्लाकार्ड र पार्टीको झण्डा बोकेर जुलुस परिक्रमा गरे | टीएमसी पार्टी समर्थकहरुले बोकेको प्लाकार्डमा सम्पूर्ण एटीएममा प्रसस्त पैसा हाल्नुपर्छ, प्रसस्त पैसा जनताले पाउनपर्छ | ५% आतंकवादले गर्दा १५% आम नागरिकले दु:ख भोग्नु परिरहेको छ यस्तो नीति बन्द गर, २००० को नोटले कालो धन रोक्दैन भन्ने लेखिएको थियो |
जुलुसले नालीडांडामा पथ सभा पनि गर्यो जसमा दार्जीलिंग सिन्कोना बगान वकर्स युनियन केन्द्रीय समिति सभापति किरण ब्लोनले सम्बोधन गरे | सम्बोधनमा देशका प्रधानमन्त्रीको नोटबन्दी प्रकरणलाई टीएमसीले प्रतिवाद गरेको होइन तर नोट बन्दले आम जनताले दु:ख नपाओस र जनताले आफ्नो पैसा सहज रुपमा चलाउन पाउनुपर्छ भन्ने कुरो स्पष्ट पारे | यसरी नै मङपु ग्रामिण ब्यांक अघि पनि एउटा पथ सभा भयो जसमा ब्यांक कर्मीहरुलाई जनसेवा पुराएकोमा धन्यबाद दिंदै खादा अर्पण गरेर जुलुस समाप्त गरिएको थियो |   नोट बन्द प्रक्रियामा मोदीले घोषणा गर्न अघि देशबासीको हितमा सही व्यवस्थापन नगर्दा देशका जनताले दु:ख भोग्न परिरहेको कुरो मङपु टीएमसी पार्टीले बोध गराउंदै मन्त्री यदि सही व्यवस्थापन गरेको भए यस्तो अवस्था नआउने पनि बताए | हाल मङपुमा एउटा ग्रामीण ब्यांक र एसबीआईको एटीएम मात्र छ जाहाँबाट प्रसस्त पैसा निकाल्न सकिरहेको छैन | २००० को नोट निकाल्न ग्राहकहरु गाडी रिजर्ब गरेर टिस्टा, कालेबुंग, दार्जीलिंग आदि स्थानतिर जान बाध्य छन् तथापि भने जस्तो पैसा हात पर्न भने सकिरहेको छैन | यसै अवस्थालाई निर्क्योल गर्दै मङपु टीएमसीले जनताको दुख हटाउन पार्टी हाई कमाण्डको आदेश अनुसार जुलुस निकालिएको जानकारी छ | आजको जुलुसमा टीएमसी पार्टीका सभासद मिलन डुक्पा, टीएमसी दार्जीलिंग टाउन कमिटि महिला सभापति लक्की तामांग, टाउन कमिटिका चन्द्रिका तामांग, टीएमसी जिल्ला महिला महासचिव रेजिना गुरुङ, आरआर ब्लक सचिव पवन बल, सभापति दिब्य गुरुङ, मङपु टीएमसी कोर कमिटि सभापति पुस्कर सन्यासी, युनियन सचिव आसिशदीप राई, अल्फा थापा लगायत पार्टीका अन्य कार्यकर्ताहरु सामेल थिए ||

देशको प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा घोषित आतंकवाद र कालो धन रोकथाम गर्न विगत ८ नोभेम्बर रातिदेखि १००० र ५०० को नोट चलन चल्तीमा प्रतिबन्ध लगायो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.