गत बिहिबार
रेशेप बजार समाज कल्याण समिति
मङपुको आयोजनामा स्थानीय नौ
माइल गोलाई नजिक खोला परिसरमा
शव दाह गृह निर्माणको निम्ति
भुमि पुजा एवम शिलान्यास कार्यक्रम
समपन्न भयो | विधिवत रुपमा सम्पन्न
गरिएको कार्यक्रममा प्रमुख
अतिथिको रुपमा बरिष्ठ समाजसेवी
आरपी शेर्पा उपस्थित थिए भने
लामाद्वय लाबीर लामा अनि प्रेम
लामा साथै पुरोहित हरिओम निरौला
पुजालाई विधिवत रुपमा सम्पन्न
गराउन उपस्थित रहेका थिए | यसरी
नै कार्यक्रममा आमन्त्रित
अतिथिहरु क्रमैले शशीकुमार
गोयल, मारवाडी सेवा समितिका
सभापति / सचिव, ठोक्पे किदुक
(भोटिया) समाजका प्रतिनिधि
आदि पनि यस महत कार्यक्रममा
उपस्थित रहेका थिए | अब निर्माण
हुन लागेको शव दाह गृहको निम्ति
कोषको प्रायोजन रेशेप बजार
निवासी एवम बरिष्ठ समाजसेवी
भगवती प्रसाद लुहारीवाला अनि
वहाँका परिवार द्वारा भेट गरिएको
छ | कार्यक्रममा प्रमुख अतिथिले
यस कार्यलाई मङपु क्षेत्रको
निम्ति एउटा ऐतिहासिक कार्य
रहेको बताएका छन् | आज भुमि पुजा
साथै शिलान्यास गरिएको स्थानमा
चाडै शव डाह गृह निर्माण हुने
जानकारी प्राप्त छ | नरेश शेर्पाले
स्वागत सम्भाषण राखेको कार्यक्रमलाई
कपिल लोहारले संचालन गरेका
जानकारी समिति प्रचार प्रसार
सचिव कपिल लोहारले एक विज्ञप्ति
मार्फत जनाएको छ ||
गत बिहिबार रेशेप बजार समाज कल्याण समिति मङपुको आयोजनामा स्थानीय नौ माइल गोलाई नजिक खोला परिसरमा शव दाह गृह निर्माणको निम्ति भुमि पुजा एवम शिलान्यास कार्यक्रम समपन्न भयो |
Post a Comment
We love to hear from you! What's on your mind?