अखिल भारतीय
तामांग बौद्ध संघको तत्वधानमा
२१ जनवरीदेखि आयोजन हुन लागेको
३२ औं वार्षिक अधिवेशनमा २३ जनवरीको दिन मिस
तामांग सौन्दर्य प्रतियोगिता
२०१७ पनि सम्पन्न हुने भएको
छ | बर्तमान नव युवा – युवतीहरुको
रुचिलाई हेरेर नै आयोजक समितिले
यस कार्यक्रमको पनि आयोजना
गर्ने निर्णय लिएको समितिबाट
जानकारी प्राप्त छ | उक्त प्रतियोगितामा
भाग लिनको निम्ति तामांग कन्याको
उमेर १६ देखि २० वर्ष सम्मको
हुन पर्नेछ | मूलत: तामांग भाषा
(सङला ताम) अनि तामांग भेष –
भूषालाई बिशेष मान्यता दिनेछ
| प्रतियोगितामा भाग लिन इच्छुक
प्रतियोगीवर्गले आयोजक समितिसित
समयमै सम्पर्क राख्ने समितिले
जानकारी प्रचार प्रसार सचिव
सुरेन पाख्रिनले दिएको छ | एकातिर
अधिवेशनको कार्यसुचीमा नयाँ
कार्यक्रमहरु जोडिने कार्य
भइरहेको छ भने अर्कोतिर यस
३२ अधिवेशन सम्पन्न गराउन यहाँको
मङपु जन मैदानमा स्टेज आदिको
तयारी युद्ध स्तरमा चलिरहेको
छ | यसै कार्यकमको थप आकर्षणको
रुपमा गत ९ जनवरीको दिन डीन्छेन
शेरप छोइलिङ गुम्बा नालीडांडा
मङपुमा टुल्कु जिग्मी दोर्जीकिओ
सभापतित्वमा बसेको सभा अनुसार
मङपु जन मैदानमा हुन गइरहेको
यस ३२ औं अधिवेशनमा महामहिम
डिन्छेन रिम्पोर्छेको पुन:
अवतार अवतारी ग्युर्मे उर्गेन
छ्योडक उक्त अधिवेशन अवधिभरि
उपस्थित रहने जानकारी पनि गुम्बा
उप – प्रभारी लामा पाल्जोरले
दिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?