सेबेन स्टार
बोईज क्लब रम्बीको आयोजनमा
सम्पन्न भएको स्व० कुबीर पाख्रीन
स्मारक फुटबल प्रतियोगिताको
फाईनल खेल हिज स्थानीय रम्बी बीचकमान
जनमैदानमा रङली युनाइटेड बनाम
एमवाईसी मङपु माझ सम्पन्न भयो | जुन
खेलमा १ को बिरुद्द २ गोल गरि
रङली युनाइटेड च्याम्पीयन
बने | पहिलो हाफमा दुई दलले गोल
गर्ने थुप्रै मौका पाए तापनि
गोल गर्न असमर्थ बने भने दोस्रो
हाफको शुरुमा नै रङलीका जर्सी
नम्बर १०ले आकर्षक गोल गरेर
आफ्नो दललाई एक शुन्यको बडात
दिलाए | यसरी दोस्रो हाफको २०
मिनटमा रंगलीकै खेलाडी जर्सी
नम्बर ११ले बिपक्षीको नेटमा
सोझै प्रहार गरेर गोल गरेपछि
आफ्नो दललाई २ गोलले अघि लगाए | यसरी
गोललाई बराबरी गर्ने पक्षमा
एमवाईसी मङपुका खेलाडी जर्सी
नम्बर ८ले खेलको ७० मिनट आकर्षक
गोल गरेर खेललाई रोमान्चक
मोडमा पुराए | दर्शकवर्गले खचाखच
भरिएको मैदानमा एमवाईसी मङपूका
खेलाडीवर्गले गोल सुलाउने
थुप्रै चेस्टा गरेता पनि अन्त्यमा
असमर्थ बन्न पुग्यो | जसको फलस्वरूप
रङली युनाइटेड १ को बिरुद्द २ गोल गरेर यस बर्षको च्याम्पिन
बन्न सक्षम भए | आजको खेलको सभापति
रम्बी सिन्कोना बगान विभागीय
ग्याँनम्यान एम.बी रसाईली
थिए भने प्रमुख अतिथि मोर्चा
मङपु जोन सचिव रतन लामा रहेका
थिए | बिजय दललाई स्व:कुबीर पाख्रीनकै
श्रीमती कृष्णकुमारी पाख्रीन
अनि पराजय दललाई स्व:के.बी गुरुङ
ट्रफी उनकै छोरा संजय गुरुङको
बहुलीबाट हस्तान्तरण गरियो | यस
खेलको आयोजन गर्न सहयोग पुराउने
सम्पूर्ण संघसंस्थालाई आयोजक
समितिले आभार व्यक्त गरेका
छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?