मङपु अनि
सिटोङ क्षेत्रलाई जोड्ने जोगीघाट
ब्रीज परिसरमा विगत केही महिना
अघिदेखि जोगीघाट हाट समितिले
शुरु गर्दै आइरहेको शनिबारे
साप्ताहिक हाट जसले यी दुवै
क्षेत्रका कृषकहरुको आर्थिक
प्रगति साथै उत्पादनको बजारीकारणलाई
बिशेष प्राथमिकता दिएर संचालन
गर्दै आइरहेको छ र यसै हाट समितिले
स्थानीय कृषकहरुलाई थप उत्साह
दिलाउन नि:शुल्क पशु चिकित्सा
जाँच शिविरको पनि आयोजन गर्ने
भएको छ | गाउँ – बस्तीतिर घरमा
पालिने बस्तु भावहरु यथेष्ट
दाना पानी दिँदा पनि भने जस्तो
नसप्रिने, नबढ्ने, मरिजाने
इत्यादि हुँदा कृषकहरु निराश
हुँदै प्राय: जसोले पाल्न धरि
छोडिसकेको तितो अनुभूतिहरु
कृषकहरु बताउँछन् | अहिलेको
वातावरणमा यी गृह पालित पशु
पक्षीहरुलाई पनि मान्छेलाई
जस्तै हैजा, जोरो अनेकन बिमारीहरु
आउने गरेकोले यिनीहरुलाई पनि
समय अन्तरालमा स्वास्थ्य जाँच
गराउन आवश्यक देखिन्छ | केही
हप्ता अघि यसै हाट समितिले
क्षेत्रका कृषकहरुलाई नि:शुल्क
साग – सब्जी, फल फुल आदिका बीजहरु
बाँडेका थिए भने आउँदो १४ जनवरी
माघे सक्रान्तिकै शुभ मुहुर्त
पारेर समितिले क्षेत्र भरिका
कृषकहरुको घरमा पालिने पशु
पक्षीहरुलाई नि:शुल्क स्वास्थ्य
जाँच गरिने जानकारी समिति सभापति
- सचिव समीर मोक्तान अनि विभोर
तामांगले दिएका छन् | यस शिविरमा
कृषक तथा क्षेत्रबासीहरुले
घरमा पालिने पशु पक्षीहरु जस्तै
गाई, बाख्रा, कुखुरा, सुँगुर,
कुकुर, बिरालो आदिको नि:शुल्क
स्वास्थ्य जाँच गराउन सक्नेछन्
| समितिको यो अभियान पशु चिकित्सा
केन्द्र तक्दाह ब्लकको संयुक्त
सहभागितामा सम्पन्न हुनेछ
भने आफ्नो पशु पक्षी जाँच गराउन
चाहने महानुभावबर्गले उक्त
दिन बिहानको ११ बजे उसो उपस्थित
हुनपर्ने जानकारी प्राप्त
छ ||

Post a Comment
We love to hear from you! What's on your mind?