गत आइतबार ग्राम सेवा संघ लाब्दा बस्ती, केएफसी सिलिगुडी साथै निविदिता इन्स्टिट्युट अफ मेडिकल साइन्सको संयुक्त तत्वधानमा यहाँको लाब्दा जुनियर हाई स्कूल खेल मैदान लाब्दा बस्तिमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ | ग्राम सेवा संघ सभापति जीके राई अनि सचिव विवेक छेत्रीको अगुवाई लगभग २०० जना बिरामीहरुले शिविरको फाइदा उठाउँदै आफ्नो स्वास्थ्य जाँच गरेको छ | चिकित्सा शिविरमा विभिन्न रोगहरुको उपचारमा निपुण डाक्टरहरु क्रमैले जेनेरल फिजिसियन, स्त्री रोग विशेषज्ञ, नानीको डाक्टर, आँखाको डाक्टर, एकुप्रेसर ( नसा थिचेर गरिने उपचार) आदि उपस्थित थिए साथै ५० जना रक्तदाताहरुले रक्तदान पनि गरे | बिहान 10:30 देखि शुरु भएको नि:शुल्क चिकित्सा शिविर अपरान्ह 1:30 बजेसम्म सम्पन्न भएको थियो जसमा गाउँका हिड्न नसक्ने बिरामीदेखि लिएर ससाना नानीहरुसम्मले आफ्नै आँगनमा आफ्नो स्वास्थ्यको जाँच गराउन सके | यस कार्यक्रममा डाक्टर नबनिता भट्टचार्य अनि डाकटर एसके दासको सक्रिय भूमिका रहेको थियो भने रोटरी सिलिगुडी अनि केएफसी सिलिगुडीका सदस्यहरुको पनि बिशेष सहयोगिता रहेको जानकारी उतम मुखियाले एक विज्ञाप्ति मार्फत जनाएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?