देशको प्रधानमन्त्री नरेन्द मोदीको नोट बन्दीको घोषणा पश्चात क्यासलेस इकोनोमीको चक्करमा देशको विभिन्न भू- भागहरुमा देशबासीहरुले अनेकन समस्याहरु झेल्न परिरहेको समयमा मङपु सिन्कोनाबासी पनि यो हैंजादेखि अछुत हुन सकेनन् | मङपुमा अहिलेसम्म स्थापित यहाँको क्षेत्रीय ग्रामीण ब्यांकदेखि लिएर स्टेट ब्यांकको ग्राहक सेवा केन्द्र सम्म उपभोक्ताहरुले आफ्नो पैसा निकाल्न लागेको लस्करले आफै बताइसकेको छ उनीहरुले भोगी रहेको समस्या | बिहानको आठ बजेदेखि लागेको लस्करले बेलुकी झमक्कै साँझ परिसक्दा पनि आफ्नो मासिक वेतन, पेन्सन आदि निकाल्न नसकिरहेको तिक्त अनुभूति बताएका छन् | त्यसै पनि मङपु तीस हजार भन्दा अधि जन घनत्व रहेको क्षेत्रमा यहाँको स्टेट ब्यांक अफ इण्डियाको एटीएममा दिन बिराउदै लगाएको दुई लाख रुपियाँले यहाँको आवश्यकता पुरा गर्न नसकिरहेको स्पष्ट छ | मोदीको अभियानपछि हरेक मजदुर कर्मचारीहरुको मासिक वेतन ब्यांक एकाउन्टमै पस्न थालेपछि झन् यहाँको एटीएमले एक छेउ पुग्न नसकेको सबिलाई थाहा छ | मङपु सिन्कोना बगान अधिनस्थ पाँचवटा विभागको मजदुर, कर्मचारी लगायत अन्य कर्मचारी साथै स्थानीय व्यवसायवर्ग, ठेकेदार, सेना अनि अन्य पदस्थ कर्मचारीको मासिक ट्रान्जेक्सन दुई लाख भन्दा दोबर तेबर बेसी भएकोले एटीएमले मात्र थाम्न नसकेको सबैले अनुभव गरेका छन् | यसरी नै केही दिन अघि देखि याहाँको दार्जीलिंग फाटकमा अवस्थित स्टेट ब्यांक अफ इण्डियाको ग्राहक सेवा केन्दमा बिहान देखि बेलिकीसम्म लागेको लस्कर, ग्रामिण ब्यांक अघि लागेको प्राय: आधा किलोमिटर जतिको लस्करले बताएको छ कि यहाँको बासिन्दाहरुलाई आफ्नो पैसा निकाल्न कति समस्या परिरहेको छ | युवा युवतीदेखि लिएर वृद्ध अवस्थासम्मका मानिसहरु बिहानदेखि लस्कर लागेर आफ्नो पालो पर्खिने गर्छ भने मङपु छोडेर अन्यत्र जान परे दैनिक पन्द्रह सय रुपियाँ खर्च गरेर भ्यान रिजर्व गर्न पर्ने हुन्छ | यसरी बिहानदेखि क्रमवद्ध लस्कर भित्र पनि अचेल त झगडा हुन सक्ने स्थितिसम्म देखा परेको छ | सिन्कोनाबासीको यस्तो समस्याहरुलाई हेर्दा बिहान – बिहान हरेक विभागको मस्टरहरुमा एकै मुद्दा तानातान गर्दै मजदुर, कर्मचारीहरुलाई भ्रममा पार्दै भाषण छाँट्ने ती सम्बन्धित राजनैतिक पार्टीहरुका युनियनहरुले मजदुरहरुको समस्याहरुलाई लिएर के गर्दैछ त भन्ने कुरो स्पष्ट देखिएको छ | यो समस्या आम नागरिकहरुले बितेको वर्ष अक्टुबरदेखि नै भोगिरहेको भएपनि प्रत्येक विभागका मजदुर, कर्मचारीहरुले आफ्ने मासिक वेतन पाउन नसकिरहेको समस्यामाथि सिन्कोना निर्देशक लगायत व्यवस्थापकसम्म दायी रहेको सबैले बुझ्न सकेको छ | मजदुरहरुको हितको निम्ति कुनै सठीक ब्यांक, एटीएमको व्यवस्थाको निम्ति पूर्वाधार निर्माण नगरि अचानक घोषणा गर्नु पनि न्यायोचित नरहेको देखिएको छ | यसरी समस्त सिन्कोनाबासीहरुको समस्यालाई नियालीहेर्दा पहिले ब्यांक व्यवस्थालाई सुद्रिड गर्न नितान्त आवश्यक देखिएको छ भने बर्तमान मङपु क्षेत्रमा कोओपरेटिव ब्यांक निर्माणाधीन अवस्थामा रहेपनि यहाँ स्टेट ब्यांककै शाखा निर्माण गर्न आवश्यक रहेको स्थानीय भुक्तभोगीहरुले जनाएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?