अखिल
भारतीय तामांग बौद्ध संघ द्वारा
मङपु जनमैदानमा आयोजित ३२ औं
वार्षिक अधिवेशनको उद्घाट्नी
कार्यक्रमका मुख्य अतिथि अन्तराष्ट्रीय
तामांग परिषद मुख्य सल्लाहकार
तथा सिक्किम क्रान्तिकारी
मोर्चा अध्यक्ष पीएस गोलेले
अधिवेशनलाई सम्वोधन गर्ने
क्रममा सिक्किम राज्यमा लिम्बु
अनि तामांग जातीले संवैधानिक
अधिकार नपाएकोमा चिन्ता व्यक्त
गरेका छन् | भारतका अन्य राज्यहरुमा
बस्ने लिम्बु अनि तामांग समुदायको
निम्ति संवैधानिक अधिकार अनुसार
हरेक विभागहरुमा बिशेष स्थानको
आरक्षण हुन्छ तर सँगैमा सिक्किममा
भने आजसम्म कुनै स्थानमा बिशेष
छुट अनि आरक्षण नभएको जानाए
| उनले आजसम्म यसै विषयलाई लिएर
भारत सरकार समक्ष विभिन्न माध्यम
द्वारा माग गरेको बताउंदै भविष्यमा
अझ बृहत रुपमा आन्दोलन गर्ने
जनाए | उनले अखिल भारतीय तामांग
बौद्ध संघलाई पनि यस विषयमा
गहन चिन्तन गर्दै केन्द्र सरकार
समक्ष माग गरिदिने अपील गरे
| सम्बोधनमा उनले अखिल भारतीय
तामांग बौद्ध संघको उदेश्य
ट्राइबलको माग मात्र नरहेर
तामांग जातिको उत्थान, भाषा,
साहित्य साथै संस्कृतिको संरक्षण
गर्दै विकाशको दिशामा बढाउनु
रहेको बताए | अधिवेशनमा आएर
मोज मस्ती मात्र नगरी आफ्नो
जातिको बारेमा केही नयाँ कुरा
सिकेर जानु पर्ने बताए |
आजको उद्घाटनी
कार्यक्रममा राष्ट्रीय झण्डा
उत्तोलन गर्ने गोलेले तामांग
समुदायलाई एकतामा बाँधिने
आह्वान गर्दै अन्य जातिलाई
हेप्न होइन तर आफ्नै जातिको
सर्वाङगिन बिकाश गर्नको निम्ति
एकजुट हुने आह्वान गरे | उनले
बर्तमान समयमा बिशेष युवा जमातलाई
प्रोत्साहन गर्दै युवाहरु
नै गाउँ, समाज अनि देशको कर्णधार
हुन् र युवाहरुले नै भविष्यमा
तामांग समुदायलाई अघि बढाएर
लानुपर्छ यसैले आजदेखि नै युवा
जमातले आफ्नो जातीय बुद्धिजीविहरुसित
भेट गर्दै तामांग जातीको उत्थानको
निम्ति भाषा, संस्कृति आदि
सिकेर, बुझेर तयार रहने आहान
पनि गरे | अन्तमा उनले यो राष्ट्रीय
स्तरको संघ अखिल भारतीय तामांग
बौद्ध संघले अर्को वर्षको अधिवेशन
सिक्किम राज्यमा आयोजन गरे
सिक्किमका तामांग समुदायलाई
पनि खुबै फलदायक रहने मनसाय
पोखेका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?