गोर्खा
जनमुक्ति मोर्चा मङपु लाब्दा
समष्टि अध्यक्ष उर्गेन शेर्पाको
अगुवाईमा गएको टोली द्वारा
दार्जीलिंगको भानु भवनमा केन्द्रीय
कृषि मन्त्री तथा दार्जीलिंग
लोक सभा सांसद एसएस अह्लुवालियासित
भेट गरी एउटा ज्ञापन पत्र चडाएको
छ | उक्त ज्ञापन पत्रमा बिशेष
गरेर सिन्कोना बगान लगायत बगानमा
आश्रित श्रमिक र कर्मचारीहरुको
विविध समस्याहरुको उल्लेख
गरिएको छ | शताब्धि नाघिसकेको
इतिहास बोकेर उभिएको पहाडको
दोश्रो बृहत उधोग सिन्कोना
१८६२ सालमा शुरु भएको सिन्कोना
बगानले आजसम्म हाम्रा धेरै
पुस्तालाई जीवन निर्वाहको
मुख्य साधन बनेको सत्य छर्लंग
छ | औले ज्वरो (मलेरिया) जस्तो
जानलेवा विमार निको पार्ने
औषधीय पौधा उम्रने भुमि र संरक्षण
बारे ज्ञापनमा संक्षिप्तमा
जानकारी गराइएको छ | धेरै लामो
अन्तरालपछि गोजमुमोले गरेको
चिन्हारीको आन्दोलनकालमा
थाँतीमा रहेको नियुक्ती र पदोन्नति
भएको सत्य कसैबाट लुक्न सकेको
छैन | आजपनि गोजमुमो पार्टी
र युनियन सिन्कोना श्रमिक र
कर्मचारीहरुको निम्ति कति
चिन्तित छ यो भेटले स्पष्ट
परेको छ | उक्त भेटमा मन्त्रीलाई
यथासिग्र सिन्कोना क्षेत्रको
भ्रमण गरेर समस्याको हल गरिदिने
मौखिक र लिखित याचना गरेको
छ | उक्त टोलीमा बिशेष गरेर दार्जीलिंग
तराई डुवर्स प्लान्टेशन लेबर
युनियन केन्द्रीय महासचिव
गगन राई, जोनल कमिटि युनियनका
सभापति, सचिव सुरेन राई, किशन
बुडाथोकी, गोजमुमो केन्द्रीय
समिति सदस्य मिरेन लामा, गोजयुमो
समष्टि प्रवक्ता अनित खाती,
रेशेप शाखा पार्टी सचिव रिनेश
शेर्पा सहसचिव शरण राई आदि
सामेल थिए | मन्त्रीले भ्रमण
गर्ने प्रतिश्रुति दिएका छन्
भनी टोलीको पक्षबाट अनित खातीले
जानकारी गराएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?