आज देखि
स्थानीय मङपु जनमैदानमा अखिल
भारतीय तामांङ बौद्ध संघको
३२वा अधिवेसन संघको अध्यक्ष
के एम तामाङको अध्यक्षतामा
शुरु भएको छ/स्थानीय डीन्छेन
शेरप छोयलिंङ गुम्बामा पुजाअर्चना
गरे पश्चात तामांङ सन्तान अनि
गुम्बाका धर्मगुरुद्वारा
बौद्ध संस्कृतिक झाकीहरुको
साथ शोभायात्रा निकालियो भने
उक्त शोभायात्रा मङपु जनमैदानमा
पुगेर अधिवेसनमा समावेश भयो/कार्यक्रको
शुरुमा राष्ट्रीय झण्डा उतोल्लन
समारोहका प्रमुख अतिथि पी.एस
गोलेको बाहुलीबाट गरे पबी क्रमैले
पन्चशील झण्डाको उत्तोलन डीन्छेन
रिम्बोछेको पुनअवतरी ग्युर्मे
उर्गेन छोयडक रिम्बोछेको बाहुलीबाट
गरियो साथै संघको अध्यक्ष केएम
तामांङको बाहुलीबाट संघको
झण्डा उत्तोलन गरेपछि आयोजक
समितिको पक्षबाट स्वागत गीत
प्रस्तुत गरियो/विभिन्न शाखाबाट
आएका प्रतिनिधिगणले तामाङ
व्हआई अनि तामाङ गीतमा सांस्कृतिक
नृत्य प्रस्तुत गरे/यसरी विभिन्न
महकुमा,ब्लक,शाखा समितिहरुबाट
आएका सभापति सचिवले प्रतिवेदन
सुनाए/अधिवेशनको आवधिभरि भग्वान
बुद्धको अस्तु पनि परिदर्शंनको
निम्ति राखिएको कारण सम्पूर्ण
भक्तजनहरुले भगवान बुद्धको
अस्तुको पनि भीडको साथ दर्शन
गरे/सन्ध्याकालमा डीन्छेन
सेरप छोयलिङ गुम्बाका लामाहरुद्वारा
पुजाअर्चना गरियो भने लामा
कुनसाङ पाख्रीनले धार्मिक
प्रवचन प्रस्तुत गरे/मङपु
क्षेत्रका म्हानीपा संघबाट
म्हानीमलम राखियो/मध्यान्हपछिको
कवि गोष्ठी विभिन्न शाखाबाट
आएका कविहरुले कविता वचन गरेर
सबैलाई मन्त्रमुघ्ध पारे
भने रङबी शाखाबाट विभिन्न तामांग
गीतहरु पनि प्रस्तुत गरियो
/ यसरी नै रात्रिको कार्यक्रममा
सिक्किमका कलाकार अनिता तामांग
साथै स्थानीय कलाकारहरु द्वारा
सांगीतिक कार्यक्रम प्रस्तुत
भएको थियो | अखिल भारतीय तामांङ
बौद्ध संघ मङपु द्वारा आयोजित
३२वा अधिवेसन २१ देखि २४ जनवरी
सम्म सम्पन्न हुनेछ भने भोली
२२ जनवरीको कार्यक्रमको
प्रमुख अतिथि जीटीए चिफ बिमल
गुरुङ उपस्थित रहनेछ /भोलीको
धार्मिक कार्यक्रममा धर्मगुरु
खेनरिम्बोछे साङ्गे लोडोले
नामथार (प्रवचन)दिने जानकारी
संघका सचिव जोनी तामाङ बताएका
छन/

Post a Comment
We love to hear from you! What's on your mind?