मङपु विभागीय फूटबल अकादमी द्वारा संचालित सातौँ वर्षको शीतकालिन फुटबल प्रशिक्षण शिविर युद्ध स्तरमा संचालन भइरहेको छ | अकादमीका बरिष्ठ अधिकारी सभापति प्रकासचन्द्र राई, सचिव किशोर थापा तथा अकादमीका सम्पूर्ण सदस्यवर्गको सतप्रयासमा संचालन हुँदै आइरहेको यस प्रशिक्षण शिविरमा जुनियर प्रशिक्षनार्थीहरु ४२ जना अनि सिनियर २२ जनाले फुटबल खेलको शिक्षा लिइरहेका छन् | २०१० सालदेखि मङपु विभागीय खेलकूद समिति तथा मङपु विभागीय फुटबल अकादमी द्वारा सफलतापुर्वक संचालन हुँदै आइरहेको शिविरका मुख्य प्रशिक्षक सोनामवाङदी भोटिया भूतपूर्व खेलकुद शिक्षक एसयुएमआइ कालेबुङ तथा सिनियर कोच कालेबुङ खेलकुद संघ साथै भाष्कर थापा भूतपूर्व फुटबल खेलाडी मोहन मोड्न खेलकुद संघ अनि सहयोगी संजय बान्तवा, सम्मी गुरुङ, सुबास राई आदिको छत्रछायाँमा नानीहरुले फुटबल खेलको विभिन्न सुत्र – शिक्षाहरु संगै अनुशासनका पाठहरु, अभ्यासहरु सिक्न पाइरहेका छन् | अकादमीका नानीहरु बर्तमान विभिन्न स्कूलहरु अनि टीमहरुबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने यसवर्ष अकादमीका शिक्षार्थी नानीहरु जो सारदा उच्च विधालयमा अध्यनरत छन् उनीहरुले २०१५ को जुनियर सेक्सन स्वतन्त्रता दिवश च्यालेन्ज कप मङपुको बिजेताको मुकुट गुथ्न सक्षम बनेका थिए | अकादमीका मुख्य सलाहकार नीमा फ़िपोंन प्रत्येक वर्षका नानीहरुको उत्कृष्ट खेल देखेर गौरावान्वित भइ प्रशिक्षनार्थीहरु प्रति अकादमीको पक्षबाट हार्दिक कृतज्ञता समेत प्रकट गरेका छन् भने शिविरमा आफ्नो नानीहरु पठाइदिने सम्पूर्ण अभिभावकहरुलाई पनि धन्यबाद जनाएको जानकारी बुद्ध कुमार थापाले दिएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?