
दार्जीलिंग पहाडकै ऐतिहासिक अनि बृहतम सरकारी उद्योग सिन्कोना बगान भन्दा जति सजिलो र गर्ववोध हुन्छ त्यति नै कठिन यसभित्र बसेर काम गर्नलाई हुन्छ | नर्सरीदेखिको एक परिपक्क सिन्कोनाको बोट बनाउन अनि यसबाट बोक्रा निकाल्नसम्म कति कठिनाई र समस्या झेल्न पर्छ त्यो तितो सत्य हातमा ठेला बोकेका मजदुर कर्मचारी साथै कार्यकारिणी पदाधिकारीवर्गलाई थाहा छ | यसरी थुप्रै जोखिम उठाएर सिन्कोना बगानमा उत्पादन गरिएको औषधिमुलक सम्पतिहरुको सुरक्षा पनि त्यति नै महत्वपूर्ण छ | मुखले मात्र सिन्कोनाको संरक्षण गर्नुपर्छ भन्नेहरु थुप्रै आएपनि कार्यरुपमा भने मूलभूत समस्याहरुलाई निर्क्योल गर्नेहरु बिरलै देखियो | विगतका दिनहरुमा सिन्कोना बगानका सम्पतिहरु सिन्कोनाको बोक्रा, एपिकेक, डाइसकोरिया, काठ आदि थुप्रैपल्ट चोरी भएको समस्यालाई निर्मुल गर्न सिन्कोना निर्देशक डा० सामुयल राईले जोगीघाट परिसरमा पनि चेक पोस्ट निर्माण गरेर यसको उद्घाटन पनि गरेको छ | बर्तमान जोगीघाट स्टील ब्रीजले मङपु अनि सिटोङलाई जोड्ने काम गरेको छ भने यही सडक भएर दार्जीलिंग, खरसाङ अनि सिलिगुडी पनि जान सकिन्छ | यसैले कुनै पनि सामाजिक कुतत्वहरुलाई यही सडक भएर सिन्कोनाको बहुमुल्य सम्पति साथै बन्य सम्पदाहरुको तस्करी गर्न सुगम मार्ग हुनाले नै निर्देशकले यहाँ चेक पोस्टको अनिवार्यता अनुभव गरेको जानकारी छ | उत्पादन संगै उत्पादित बस्तुको बजारीकरण नभएसम्म सही सुरक्षा गर्न पनि अनिवार्य रहेको हुँदा केही दिन अघिमात्र निर्देशक राईको निर्देशन एउटा उद्घाटनी कार्यक्रम गर्दै सिन्कोना बगानका व्यवस्थापक अनि अन्य उच्च पदस्थ अधिकारीको उपस्थितिमा उनकै बाहुलीबाट उद्घाटन गरी चेक पोस्ट चालु भएको औपचारिक घोषणा पनि गरिएको थियो | यही सन्दर्भमा लाब्दा विभागीय ग्याङमेन एमबी रसाइलीले पनि सिन्कोनाको सम्पदा साथै रुखपात चोरी पनि बन्द हुने आशा व्यक्त गरेको छ साथै यो चेक पोस्टले सिन्कोना अनि खासमल क्षेत्र बीच सिमानाको काम गर्ने निर्देशकको मन्तब्यलाई दोहोराएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?